काठमाडौँ, १९ माघ । वैदेशिक रोजगारीमा जानेहरुलाई बुधबारदेखि अनलाइन प्रणालीमार्फत व्यक्तिगत श्रम स्वीकृतिसमेत दिन सुरु गरिएको छ ।
यसअघि गत पुस ३ गते अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमासंस्थागत वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन सुरु गरिएकामा आज त्यसलाई थप विस्तार गर्दै व्यक्तिगत श्रम स्वीकृतिसमेत दिन थालिएको हो । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले श्रमग्राम ताहाचलमा आज अनलाइन प्रणालीको र राज्यमन्त्री दिलीप खवास गच्छदारले श्रमग्राम हाताभित्रै निर्मित अनलाइन प्रणाली सहायता कक्षको शुभारम्भ गर्नुभयो ।
अनलाइन प्रणाली सञ्चालन हुनुअघि श्रम स्वीकृति लिन विभागको काठमाडौँ कार्यालय, ताहाचलमा घन्टौँ लाइनमा लाग्नुपर्ने बाध्यता थियो । सो प्रणालीको सुरुआतसँगै त्यो बाध्यता हट्दै गएको छ । बिमा रकम, अभिमुखीकरणको तालिमको रकम, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई तिर्नुपर्ने कल्याणकारी कोषको रकमलगायत सबै विवरण अनलाइन प्रणालीमार्फत हुनेछ । यसले गलत नामावली, नक्कली बिमाजस्ता समस्यासमेत हटाउन भूमिका खेल्ने विश्वास लिइएको छ ।
अनलाइन प्रणालीमा संस्थागत श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार संस्था र व्यक्तिगत स्वीकृतिका लागि व्यक्ति आफँैले ‘युजर नेम’ र ‘पासवर्ड’ खोलेर वैदेशिक रोजगार विभागलाई युजर नेमको जानकारी दिनुपर्छ । सोही आधारमा युजर नेमबाट आएका विवरणलाई विभागले स्वीकृति प्रदान गर्नेछ ।
मन्त्री गुरुङले सूचना प्रविधिको अहिलेको युगलाई आत्मसात् गर्दै अनलाइन प्रणालीको लामो समयको चाहनाले पूर्णता पाएकामा खुसी व्यक्त गर्नुभयो । राज्यमन्त्री गच्छदारले यसबाट वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत स्विट्जरल्यान्डको सहयोगमा सुरक्षित आप्रवास परियोजनाको रु पाँच करोड सहयोगमा अनलाइन प्रणाली विकास गरिएको हो ।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय