काठमाडौँ, १९ माघ । नेपाल निजामती कर्मचारी सङ्गठनले कर्मचारीतन्त्रमा देखिएको भ्रष्टाचार रोक्न अभियान सञ्चालन गर्ने भएको छ ।
पहिलो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारसम्मेलनमा सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाले सबै मन्त्रालय र विभागमा भ्रष्टाचार न्यूनीकरणका लागि अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।
“हाम्रो चाहना पनि भ्रष्टाचारको दलदलमा कर्मचारी नपरून् भन्ने हो” उहाँले भन्नुभयो–“राष्ट्रसेवक कर्मचारीको काम ठगी होइन सेवा दिने हो । हामी सेवा दिन तयार छौँ ।” उहाँले भ्रष्टाचारमा संलग्न कर्मचारीलाई निलम्बन गर्न आफ्नो सङ्गठन सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।
बैठकले सङ्घीय प्रणालीमा कर्मचारी व्यवस्थापन गर्दा रोजाइ तथा छनोटलाई प्राथमिकतामा राख्नुपर्ने, योग्यता पुगेका कर्मचारीलाई प्रदेशमा समायोजन गर्दा एक तह बढुवाको अवसर दिनुपर्ने र हरेक तहमा लोकसेवामार्फत स्थायी कर्मचारी राख्नुपर्ने लगायतका माग गरेको छ ।
यसैगरी, कार्यालय समयभित्र निजामती कर्मचारीलाई कुनै बैठक र कार्यक्रममा सहभागी हुन नदिने पनि निर्णय गरेको छ ।
यसैबीच, बैठकले दशौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित पदाधिकारीको जिम्मेवारी बाँडफाँडसमेत गरेको छ ।
अध्यक्ष देवकोटाको अध्यक्षतामा २७ सदस्यीय सचिवालय, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालालाई गुनासो व्यवस्थापन, अनुगमन, मूल्याङ्कन र सहकारी विभाग, उपाध्यक्ष भवानी न्यौपानेलाई महिला विभाग, उपाध्यक्ष भागवत यादवलाई मधेसी समन्वय विभाग, उपाध्यक्ष ललिकबहादुर महर्जनलाई जनजाति समन्वय विभाग र उपाध्यक्ष बैकुण्ठ गुरागाईंलाई श्रेणीविहीन समन्वय विभागको जिम्मेवारी दिइएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा