
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानन्यायाधीश सुशीला कार्कीसँग न्यायाधीशहरु तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १८ माघ । प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतमा न्यायाधीशमा सिफारिस दुई न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
सो समारोहमा उपराष्ट्रपति, सर्वोच्च अदालतका न्यायाधीशहरु, संवैधानिक अं्गका प्रमुखहरु र नेपाल सरकार मुख्य सचिव उपस्थिति हुनुहुन्थ्यो ।
न्यायपरिषद्ले उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीलाई सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको थियो ।
न्यायाधीशद्वयको नाम सोमबार संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको हो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक