
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानन्यायाधीश सुशीला कार्कीसँग न्यायाधीशहरु तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १८ माघ । प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतमा न्यायाधीशमा सिफारिस दुई न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
सो समारोहमा उपराष्ट्रपति, सर्वोच्च अदालतका न्यायाधीशहरु, संवैधानिक अं्गका प्रमुखहरु र नेपाल सरकार मुख्य सचिव उपस्थिति हुनुहुन्थ्यो ।
न्यायपरिषद्ले उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीलाई सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको थियो ।
न्यायाधीशद्वयको नाम सोमबार संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको हो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा