
काठमाडौँ, १८ माघ । अन्तर्राष्ट्रिय उडान भर्दै आएको निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एअरलायन्सले थप नयाँ विमान भित्र्याएको छ ।
जर्मनीमा बनेको ३२०–२१४ सिरिजको उक्त विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । हिमालयका पाइलट फ्रेन्च नागरिक क्याप्टेन ओल्ट्राले उडाएर ल्याएको उक्त विमानको विमानस्थलमा भव्य स्वागत गरिएको छ । योसँगै कम्पनीको विमान सङ्ख्या दुई पुगेको छ । यसअघि सन् २०१६ मार्चमा यही सिरिजको विमान ल्याइएको थियो ।
हाल कतारको दोहा र श्रीलङ्काको कोलम्बो उडान भर्दै आएकामा यही माघको अन्तिम सातादेखि मलेसियाको क्वालालम्पुर र म्यानमारको याङ्गुनमा उडान भर्ने कम्पनीका महाप्रबन्धक (बजार व्यवस्थापक) राजु केसीले राससलाई जानकारी दिनुभयो ।
‘९एन–एएलभी’ नेपाली रजिस्ट्रेसन नम्बर रहेको उक्त नयाँ विमानमा १५८ सिट छ । तिब्बत एअरलायन्सको पनि संयुक्त लगानी रहेको हिमालयले सन् २०१७ भित्र दुईवटा विमान थप गर्ने योजना रहेको जनाएको छ ।
आगामी मार्च २० तारिखसम्म अर्को विमान आइपुग्ने महाप्रबन्धक केसीले बताउनुभयो । उक्त विमान साउदी अरबको दमाम र भारतका गन्तब्यमा उडाउने योजना छ, यद्यपि, भारतका लागि उडान अनुमतिको पहल भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार माघ २८ देखि क्वालालम्पुर र फागुन १३ गतेदेखि याङ्गुनमा उडान सुरु हुनेछ । हप्ताको पाँच दिन क्वालालम्पुर र दुई दिन याङ्गुनमा उडान सञ्चालन गर्ने योजना छ ।
एअरलायन्सले काठमाडौँ–क्वालालम्पुर–काठमाडाँै (राउन्ड ट्रिप)का लागि सुरुवाती टिकट दर रु २५ हजार ३७५ र क्वालालम्पुर–काठमाडौँ–क्वालालम्पुर (राउन्ड ट्रिप)का लागि मलेसियन रिङ्गेट नौ सय २८ तोकिएको छ ।
त्यसैगरी काठमाडौँ–याङ्गुन–काठमाडौँका लागि २९ हजार ६ सय रुपैयाँ (राउन्ड ट्रिप) र याङ्गुन–काठमाडौँ–याङ्गुनको (राउन्ड ट्रिप)का लागि ३२० अमेरिकी डलर कायम गरिएको कम्पनीले जनाएको छ ।
हिमालयको दुई विमानसँगै हाल नेपाल वायु सेवा निगम (एअरलायन्स)को तीनवटा गरी अब पाँच विमानले अन्तर्राष्ट्रिय उडान भर्नेछन् । निगमले आगामी २०७४ सालभित्रै थप दुई वाइड बडी भित्र्याउने तयारी गरेको बताइएको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित