लन्डन । लन्डनस्थित नेपाली दूतावासले गैर आवासीय नेपाली परिचय पत्र, यात्रा अनुमति पत्र र अन्य सम्बन्धित पत्रहरु आवेदन गरेकै दिन जारी गर्ने भएको छ । दूतावासले मंगलबार एक सूचनामार्फत उक्त जानकारी दिएको हो ।
साथै दूतावासले यही १ फेब्रुअरी २०१७ देखि हुलाक/पोस्ट मार्फत नेपालको भिसाको लागि आवेदन गर्ने आवेदकहरुलाई कागजात प्राप्त भएको दिनमा नै भिसा जारी गरी सम्बन्धितको ठेगानामा राहदानी फिर्ता पठाउने व्यवस्था गरेको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जारी गरेको सूचनामा उल्लेख छ।
नेपाली राजदूतावास, लण्डनको सूचना जस्ताको तस्तै-
नेपाली राजदूतावास, लण्डनले यही १ फेब्रुअरी २०१७ देखि हुलाक/पोस्ट मार्फत नेपालको भिसाको लागि आवेदन गर्ने आवेदकहरुलाई कागजात प्राप्त भएको दिनमा नै भिसा जारी गरी सम्बन्धितको ठेगानामा राहदानी फिर्ता पठाउने व्यवस्था गरेको व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।
भिसाको लागि हुलाक/पोस्ट मार्फत यस राजदूतावासमा पठाउँदा राहदानी र भरेको भिसा फाराम सहित राजदूतावासको बैंक खातामा जम्मा गरेको भिसा शुल्क रसिद र राहदानी फिर्ता प्राप्तिको लागि हुलाक खाम अनिवार्य रुपमा पठाउनु हुन अनुरोध गरिन्छ ।
भिसाको लागि सेवाग्राहीले राजदूतावासमा उपस्थित भई सोही दिन भिसा प्राप्त गर्ने सुविधालाई समेत यथावत राखिएको छ ।
नेपाली राजदूतावास, लण्डनले गैरआवासीय नेपाली परिचय पत्र, यात्रा अनुमति पत्र र अन्य सम्बन्धित पत्रहरु आवेदन गरेकै दिनमा जारी गर्ने व्यवस्था गरेको व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिन्छ ।
विस्तृत जानकारीको लागि राजदूतावासको वेबसाइट www.nepembassy.org.uk हेर्न हुन अनुरोध गरिन्छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक