महोत्तरी, १८ माघ । संविधान संशोधनबिना मधेसी मोर्चा कुनै पनि निर्वाचनमा भाग नलिने राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले बताउनुभएको छ ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको समयमा अध्यक्ष भण्डारीले सो कुरा बताउनुभएको हो ।
मङ्गलबार महोत्तरीको बेलगाछीमा झन्डा मेला उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले सदनमा पेस भएको संविधान संशोधन विधयेक अपूरो रहेकाले त्यसलाई परिमार्जन गरी पारित गरेमात्र आफू हरेक तहको निर्वाचनमा भाग लिन तयार रहेको बताउनुभयो ।
सरकारले हालै पारित गरेको स्थानीय तह पुनःसंरचना अव्यावहारिक र अवैज्ञानिक भएकाले आफूहरुलाई मान्य नभएको उनको भनाइ थियो ।
अध्यक्ष भण्डारीले सीमाङ्कनको विवाद समाधान गर्न स्थानीय स्तरमा आयोग गठन गर्न सरकारसँग माग गर्नुभयो ।
गौशाला नगरपालिका–७ का चन्देश्वर यादवले छोरा पाएको खुसीयालीमा दुई लाखको लागतमा महावीर झन्डा निर्माण गरी मेला लगाइएको छ । १०५ फिट लम्बाईको सो झन्डा रु दुई लाखको लागतमा निर्माण भएको मेला समितिका अध्यक्ष रामऔतार महतोले जानकारी दिनुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा