महोत्तरी, १८ माघ । संविधान संशोधनबिना मधेसी मोर्चा कुनै पनि निर्वाचनमा भाग नलिने राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले बताउनुभएको छ ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको समयमा अध्यक्ष भण्डारीले सो कुरा बताउनुभएको हो ।
मङ्गलबार महोत्तरीको बेलगाछीमा झन्डा मेला उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले सदनमा पेस भएको संविधान संशोधन विधयेक अपूरो रहेकाले त्यसलाई परिमार्जन गरी पारित गरेमात्र आफू हरेक तहको निर्वाचनमा भाग लिन तयार रहेको बताउनुभयो ।
सरकारले हालै पारित गरेको स्थानीय तह पुनःसंरचना अव्यावहारिक र अवैज्ञानिक भएकाले आफूहरुलाई मान्य नभएको उनको भनाइ थियो ।
अध्यक्ष भण्डारीले सीमाङ्कनको विवाद समाधान गर्न स्थानीय स्तरमा आयोग गठन गर्न सरकारसँग माग गर्नुभयो ।
गौशाला नगरपालिका–७ का चन्देश्वर यादवले छोरा पाएको खुसीयालीमा दुई लाखको लागतमा महावीर झन्डा निर्माण गरी मेला लगाइएको छ । १०५ फिट लम्बाईको सो झन्डा रु दुई लाखको लागतमा निर्माण भएको मेला समितिका अध्यक्ष रामऔतार महतोले जानकारी दिनुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने