काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई स्थानीय तहको निर्वाचनको तयारीमा रहन भन्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका आधारमा आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने गरी मिति घोषणाको तयारीमा सरकार रहेको जानकारी प्रमुख आयुक्त यादवलाई गराउनुभएको थियो ।
प्रधानमन्त्री र आफूबीच स्थानीय तहको निर्वाचन बारेमै केन्द्रित रहेर छलफल भएको बताउँदै प्रमुख आयुक्त यादवले भन्नुभयो –“निर्वाचन कानुन, मिति घोषणा हँुदा र नहँुदाको जटिलता, निर्वाचनका लागि गर्नुपर्ने प्राथमिकताका कामकारबाहीबारे पनि हामीबीच विस्तृत र गहन कुराकानी भयो ।”
सो अवसरमा प्रधानमन्त्री दाहाललाई प्रमुख आयुक्त यादवले आयोगले आगामी फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउन लागेका बारेमा पनि जानकारी गराउनुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा