माघ, १३ काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा निजी आवास निर्माणका लागि अनुदान वितरण गर्न आज दोस्रो किस्ताबापत रु ११ अर्ब ७५ करोड ५० लाखको अख्तियारी दिएको छ ।
प्राधिकरणबाट भूकम्पपीडितलाई दोस्रो किस्ताबापतको अनुदान वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र भूकम्पीय आवास पुनःनिर्माण आयोजनालाई उक्त अख्तियारी दिइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले बताए ।
प्राधिकरणको बुधबार बसेको बैठकले दोस्रो किस्ता वितरणका लागि अख्तियारी दिने निर्णय गरेको थियो । पहिलो किस्ता पाइसकेर आधारभूत तहको निर्माण कार्य सम्पन्न गरिसकेका लाभग्राहीलाई दोस्रो किस्ताको अनुदान रकम वितरण गरिने पोखरेलले बताए ।
तत्कालका लागि दोस्रो किस्ताका रुपमा रु एक लाख ५० हजार भूकम्पपीडितलाई वितरण गरिनेछ । हालसम्म पहिचान भएका कुल लाभग्राहीको सङ्ख्या छ लाख २६ हजार ३६ छ ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता