मंगलबार, कार्तिक ९ २०७८ | Tue, October 26, 2021
नेपालको समय: १२:०७ | UK Time: 07:22

इलिगललाई ठाउं छैन् यूकेमा, अस्पतालले नै दिन्छ होम अफिसलाई सूचना

वीनेपाली
२०७३ माघ १३ गते ०:१९

लन्डन । गैर कानुनी आप्रवासी नियन्त्रणकै एक हिस्सा स्वरुप एनएचएसले ८ हजार विरामीका गोप्य तथ्यांक होम अफिसलाई बुझाएको सार्वजनिक भएको छ ।

नेशनल हेल्थ सर्भिस र होम अफिसबीच शंकास्पद गैर कानुनी आप्रवासीको विवरण सेयर गर्ने सम्झौता (एमओयू) 
अनुरुप उक्त विवरण मंगलबार पहिलोपटक सार्वजनिक भएको गार्डियनले जनाएको छ ।

स्वास्थ्य विभागको तथ्यांक अनुसार, सन् २०१६ को पहिलो ११ महिनामा होम अफिसले एनएचएससंग ८१२७ विरामीको विवरण मागेको पाइएको छ । विवरण पाएपछि इमिग्रेसन इन्फोर्समेन्टले ५८५४ व्यक्तिमाथि अनुसन्धान गरेको समाचारमा उल्लेख छ ।

एमओयू बमोजिम होम अफिसले एनएचएससंग व्यक्तिको नाम, जन्ममिति र व्यक्ति बसेको अन्तिम ठेगाना माग्न सक्छ । डिटेन्सन वा अध्यागमन नियन्त्रणबाट भागेका, यूकेमा भिजा अवधिभन्दा बढि समय बसेका (इलिगल) अथवा छलकपट गरेर आवासीय अधिकार लिएका व्यक्तिको विवरण दिने सम्झौता हेल्थ सर्भिसले गरेको हो ।

विरामी र आप्रवासी अधिकारका लागि कार्यरत समूहले यसप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

स्याडो होम सेक्रेटरी डायन एबोटले भनेकी छन्, ‘यस्तो कदम अस्वीकार्य छ । यसअघि यो सरकारले वालवालिकाको अध्यागमन तथ्यांक संकलन गर्न स्कुल प्रयोग गरेको थियो । अहिले उही तरिकाले एनएचएस प्रयोग गरिरहेको छ ।’ उनको थप तर्क छ, ‘यसले मानिसहरु आफ्नो गोप्य सूचना चुहिने डरले मेडिकल केयर लिन आनाकानी गर्नेछन्, त्यसकारण यो बन्द गरिनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक