काठमाडौँ, १२ माघ । नेपालका लागि भारतका राजदूत रणजित रायले असल छिमेकी राष्ट्रका नाताले गरेका सहयोगलाई हस्तक्षेप भन्न नहुने बताउनुभएको छ ।
भारतको ६८ औँ गणतन्त्र दिवसको अवसर पारेर रिपोटर्स् क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो –‘मित्रताको पवित्र उद्देश्यले भारतले नेपालका हरेक आन्दोलन र आर्थिक गतिविधिमा सहयोग गर्दै आएको छ ।’
राजदूत रायले नेपाल र भारतबीच राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक रुपमा जनस्तरसम्म प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै अवको द्विपक्षीय सम्बन्धलाई आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।
नेपालको संविधानप्रति भारतको कुनै स्वार्थ नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालका सबै पक्ष मिलेर अघि बढुन भन्ने भारतको चाहना मात्र हो ।”
राजदूत रायले “नेपालको आन्तरिक समस्या कसरी समाधान गर्ने भन्ने नेपालको आन्तरिक मामिला हो” भन्दै दुई देशबीच विविध सम्बन्ध भएकाले यदाकदा कुनै विषयमा उतारचढाव आउनु सामान्य रहेको र त्यस्तो असमझदारी वार्ता र छलफलका माध्यमले निराकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपालमा अशान्ति, अस्थिरता र द्वन्द्व भए खुला सिमानाका कारण त्यसको सिधा असर भारतमा पनि पर्ने भएकाले भारत सदैव नेपालमा स्थिरता, शान्ति र समृद्धि भएको हेर्न चाहन्छ उहाँले भन्नुभयो ।
राजदूत रायले नेपालको जलस्रोत विकासमा पञ्चेश्वर बहुउद्देश्यीय, माथिल्लो कर्णाली र अरुण तेस्रो परियोजनाको काम द्रूतगतिमा अघि बढेको बताउँदै “यी परियोजना सम्पन्न भएपछि नेपालमा विकासको लहर आउने छ भन्नुभयो ।”
दुई देशपक्षीय सहयोगमा निर्माणाधिन विद्युत् प्रसारण लाइन र तराईको हुलाकी राजमार्ग निर्माणमासमेत पछिल्लो चरणमा उल्लेख्य उपलब्धि हासिल भएको बताउँदै उहाँले यसबाट दुवै देशका जनता लाभान्वित हुने धारणा राख्नुभयो ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा