काठमाडौँ, १२ माघ । नेपालका लागि भारतका राजदूत रणजित रायले असल छिमेकी राष्ट्रका नाताले गरेका सहयोगलाई हस्तक्षेप भन्न नहुने बताउनुभएको छ ।
भारतको ६८ औँ गणतन्त्र दिवसको अवसर पारेर रिपोटर्स् क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो –‘मित्रताको पवित्र उद्देश्यले भारतले नेपालका हरेक आन्दोलन र आर्थिक गतिविधिमा सहयोग गर्दै आएको छ ।’
राजदूत रायले नेपाल र भारतबीच राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक रुपमा जनस्तरसम्म प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै अवको द्विपक्षीय सम्बन्धलाई आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।
नेपालको संविधानप्रति भारतको कुनै स्वार्थ नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालका सबै पक्ष मिलेर अघि बढुन भन्ने भारतको चाहना मात्र हो ।”
राजदूत रायले “नेपालको आन्तरिक समस्या कसरी समाधान गर्ने भन्ने नेपालको आन्तरिक मामिला हो” भन्दै दुई देशबीच विविध सम्बन्ध भएकाले यदाकदा कुनै विषयमा उतारचढाव आउनु सामान्य रहेको र त्यस्तो असमझदारी वार्ता र छलफलका माध्यमले निराकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपालमा अशान्ति, अस्थिरता र द्वन्द्व भए खुला सिमानाका कारण त्यसको सिधा असर भारतमा पनि पर्ने भएकाले भारत सदैव नेपालमा स्थिरता, शान्ति र समृद्धि भएको हेर्न चाहन्छ उहाँले भन्नुभयो ।
राजदूत रायले नेपालको जलस्रोत विकासमा पञ्चेश्वर बहुउद्देश्यीय, माथिल्लो कर्णाली र अरुण तेस्रो परियोजनाको काम द्रूतगतिमा अघि बढेको बताउँदै “यी परियोजना सम्पन्न भएपछि नेपालमा विकासको लहर आउने छ भन्नुभयो ।”
दुई देशपक्षीय सहयोगमा निर्माणाधिन विद्युत् प्रसारण लाइन र तराईको हुलाकी राजमार्ग निर्माणमासमेत पछिल्लो चरणमा उल्लेख्य उपलब्धि हासिल भएको बताउँदै उहाँले यसबाट दुवै देशका जनता लाभान्वित हुने धारणा राख्नुभयो ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक