काठमाडौँ, १२ माघ । केही दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा आज पनि उच्च गिरावट आएको छ ।
आज नेप्से परिसूचक ३६ दशमलव ३८ अङ्कले घट्दा कारोबार रकम दोब्बरले बढेर रु ५९ करोड पुगेको छ । निरन्तरको ओरालो पछि नेप्से एक हजार ३९६ बिन्दुमा आइपुगेको छ ।
नेप्से परिसूचक मङ्गलबार २५ अङ्कले ओरालो लागेर एक हजार ४३३ बिन्दुमा आइपुगेको थियो ।
बजारमा उत्पादनमूलकबाहेक सबै समूहका परिसूचक नकारात्मक छन् । जसमा सबैभन्दा बढी बिमा समूह २६७ अङ्कले घटेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समूहको परिसूचक ३६ अङ्कले घटेको छ भने विकास बैंक समूह २९ अङ्कले ओरालो लागेको छ ।
यस्तै होटल समूह ५८ अङ्कले ओरालो लाग्दा फाइनान्स समूह २४ अङ्कले घट्न पुगेको छ । बजारमा जलविद्युत् समूहको परिसूचक पनि ५१ अङ्कले ओरालो लागेको छ ।
दिनभर कुल १३५ कम्पनीको १७ लाख कित्ता सेयर खरिद बिक्री भएका छन् । आज पनि बजारमा सबैभन्दा बढी प्रभु बैंकको सेयर कारोबार भएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी