काठमाडौँ, १२ माघ । केही दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा आज पनि उच्च गिरावट आएको छ ।
आज नेप्से परिसूचक ३६ दशमलव ३८ अङ्कले घट्दा कारोबार रकम दोब्बरले बढेर रु ५९ करोड पुगेको छ । निरन्तरको ओरालो पछि नेप्से एक हजार ३९६ बिन्दुमा आइपुगेको छ ।
नेप्से परिसूचक मङ्गलबार २५ अङ्कले ओरालो लागेर एक हजार ४३३ बिन्दुमा आइपुगेको थियो ।
बजारमा उत्पादनमूलकबाहेक सबै समूहका परिसूचक नकारात्मक छन् । जसमा सबैभन्दा बढी बिमा समूह २६७ अङ्कले घटेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समूहको परिसूचक ३६ अङ्कले घटेको छ भने विकास बैंक समूह २९ अङ्कले ओरालो लागेको छ ।
यस्तै होटल समूह ५८ अङ्कले ओरालो लाग्दा फाइनान्स समूह २४ अङ्कले घट्न पुगेको छ । बजारमा जलविद्युत् समूहको परिसूचक पनि ५१ अङ्कले ओरालो लागेको छ ।
दिनभर कुल १३५ कम्पनीको १७ लाख कित्ता सेयर खरिद बिक्री भएका छन् । आज पनि बजारमा सबैभन्दा बढी प्रभु बैंकको सेयर कारोबार भएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता