
व्यवस्थापिका संसदको बुधबारको बैठकमा विशेष समयमा बोल्दै एक महिला सांसद । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, १२ माघ । व्यवस्थापिका–संसद्को शून्य समयमा सांसदले बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित जनतलाई मुआब्जा तथा भूकम्पपीडित आवास निर्माणका लागि दोस्रो किस्ताको रकम वितरण कार्य शीघ्र सुरु गर्न सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।
उहाँहरुले लोकतन्त्रको मुटुको रुपमा रहेको निर्वाचन (स्थानीय, प्रदेश र संसद्) विसं २०७४ माघ ७ गतेभित्र सम्पन्न गराउन सरकार र निर्वाचन आयोगको ध्यान दिन तथा तराई मधेसमा एक घर एक शौचालय बनाउने अभियान सञ्चालन गर्न माग गर्नुभयो ।
दुर्गम क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी र औषधि समेत नभएको गुनासो राख्दै उनीहरुले पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी जिल्लाको मौलाखोलाको पुल मर्मत गर्न समेत सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।
यसरीे ध्यानाकर्षण गराउनेमा सांसद कृष्णप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, गणेश पहाडी, गणेशसिंह ठकुन्ना, गुरुप्रसाद वुर्लाकोटी, चन्द्रकान्त भण्डारी, गोमा कुँवर, चूडामणि विक जङ्गली, जानकीकुमारी साउद, तप्तबहादुर विष्ट, तुलसा राना, तुलराज विष्ट र गौरीकुमारी ओली हुनुहुन्छ ।
सांसदहरुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न तथा भूकम्पपीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ताको रकम वितरण गर्न ढिलाइ नगर्न सरकारसित माग गर्नुभयो ।
व्यवस्थापिका संसद्को आजको बैठकको विशेष समयमा उहाँहरुले संविधानको प्रावधानअनुसार एक वर्षभित्र तीन तहको निर्वाचन हुन्छ की हुँदैन ? के कारणले निर्वाचनको तिथिमिति घोषणा गर्न छेक्यो ? भन्ने प्रश्न गर्नुभयो ।
नेपाली काँग्रेसका सांसद धनराज गुरुङले स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने प्रावधानले महिला सशक्तिकरण हुने चर्चा गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउन दलगत स्वार्थ लिनु हुँदैन भन्नुभयो ।
सोही पार्टीका रामहरि खतिवडाले न्यायपालिका जनताको आस्थाका केन्द्र हो, यसलाई राजनीतिक आस्थाको केन्द्र बनाइनु हुदँैन भन्दै देशलाई टुक्र्याउछु भनेर हिँड्नेमाथि किन कारबाही हुँदैन ? भनी प्रश्न गर्नुभयो ।
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का योगेन्द्र चौधरीले न्यायाधीश नियुक्ति संविधानको भावनाअनुसार नभएको गुनासो गर्दै यस्तो प्रवृत्तिले कसरी संविधान कार्यान्वयन हुन्छ भनी प्रश्न गर्नुभयो ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका वृजेशकुमार गुप्ताले स्थानीय निकाय पुनःसंरचना आयोगले काठमाडाँैमा बसेर नै प्रतिवेदन तयार पारेको चर्चा गर्दै आयोगका पदाधिकारीले मनोमानी रुपमा सुझाव दिएको र त्यस्ता सुझावले सङ्घीयता कार्यान्वयन हुन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
नेकपा (एमाले)का जनार्दन ढकालले संविधानअनुसार आगामी एक वर्षभित्र स्थानीय, प्रदेश र संसद्को निर्वाचन गर्नुपर्नेमा जोड दिदैं सत्तारुढ दलले नै निर्वाचन नचाहेको आरोप लगाउनुभयो ।
सांसद प्रतिक्षामुखिया तिवारीले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनभित्र के छ, जनताले जान्न पाउने की नपाउने ? भनी प्रश्न गर्दै प्रतिवेदन सार्वजानिक गर्न माग गर्नुभयो ।
सांसद दिलबहादुर नेपालीले हालै काभ्रेमा दलित महिलामाथि भएको कुटपिट घटना बारेमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।
सांसद लक्ष्मण राजवंशीले देशको अर्थतन्त्रका बारेमा सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग गर्दै लगानी वातावरण नुहँदा अर्थतन्त्रमा मन्दी आएको विचार व्यक्त गर्नुभयो ।
सांसद मीना पुनले विस २०६५ मा कोसी बाँध मरम्मत गर्न कोसी क्षेत्रमा आएका भारतीय प्राविधिक अहिलेसम्म कोसी नछाडेकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सीता गुरुङले कार्यापालिकामा महिला समावेशितालाई ध्यान नदिएको गुनासो गर्दै स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गर्न माग गर्नुभयो ।
सांसद बलदेव महतले संविधान कार्यान्वयन गर्न सरकारले आफ्नो कार्ययोजना सार्वजानिक गर्नुपर्नेमा जोड दिदैं स्थानीय निकाय पुनःसंरचना आयोगले जनताको भावना विपरित सरकारलाई प्रतिवेदन बुझाएको बताउनुभयो ।
सांसद रामअयोध्याप्रसाद यादवले तराई–मधेसको लाइफ लाइनका रुपमा रहेका हुलाकी सडक निर्माण दू्रतगतिमा गर्नुपर्ने बताउँदै स्थानीय निकाय पुनःसंरचना आयोगले हचुवाका आधारमा प्रतिवेदन सरकारलाई बुझाएको आरोप लगाउनुभयो ।
सांसद आनन्द पोखरेलले सुन तस्करीका बारेमा सरकारले सदनलाई जानकारी दिन माग गर्दै न्यायाधीश नियुक्तिमा सरकारले भेद्भाव गरेको आरोप लगाउनुभयो ।
सांसद प्रेम सुवालले उपत्यकाका सडक विस्तार गर्दा स्थानीय बासिन्दाका माग पनि सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय