तेह्रथुम, ७ माघ । तेह्रथुमको आठराइ सङ्क्रान्ति बजारमा गत पुस १ गते भएको भीषण आगलागीका पीडित परिवारलाई शुक्रबार इङनाम इवाहाङ बन्धु समिति तथा चेलीबेटी समाज बेलायतबाट सहयोग रकम उपलब्ध भएको छ ।
समाजका अध्यक्ष शेरबहादुर इङनामले ‘सङ्क्रान्ति बजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा रु दुई लाख ७४ हजार ५६७ उपलब्ध गराइएको जानकारी दिए ।
बेलायत निवासी प्रवासी इङनाम इवाहाङ बन्धुबाट राहतस्वरुप सहयोग रकम सङ्कलन गरेर प्रदान गरिएको अध्यक्ष इङनामले बताए । अग्निपीडितका लागि कोषमा रकम जम्मा हुने क्रम चलिरहेको छ ।
गत पुस १ गते भएको आगलागीमा सङ्क्रान्ति बजारका २९ घर र तीनवटा टहरा जलेका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका थिए भने रु १४ करोड आठ लाख बराबरको क्षति भएको थियो ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय