
काठमाडौँ, ८ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्ड जे ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा आज बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै नेपाल र अमेरिकाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल र अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध आपसी विश्वास, समझदारी, सद्भाव र सहकार्यमा रहेको सन्देशमा बताउनुभएको छ ।
दुई देशबीचको यस्तो सम्बन्ध राष्ट्रपति ट्रम्पको कार्यकालमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रपति ट्रम्पको सबल एवम् दूरदर्शी नेतृत्वमा अमेरिकाको अझ प्रगति हुने बताउनुभएको छ ।
त्यसैगरी प्रधानमन्त्री दाहालले पठाउनुभएको सन्देशमा राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको विकास प्रयासमा अमेरिकी सरकार र त्यहाँका जनताबाट निरन्तर प्राप्त सहयोग र सद्भावप्रति प्रधानमन्त्रीले आभार व्यक्त गर्दै नेपालको शान्ति, स्थायित्व र प्रगतिका निम्ति भविष्यमा पनि निरन्तर सहयोग एवम् सद्भाव प्राप्त हुने अपेक्षा गर्नुभएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता