लन्डन । लर्ड मेयर अफ लन्डन डा. एन्ड्रियू पार्मली नेपालको चारदिने औपचारिक भ्रमणका लागि शुक्रबार सांझ प्रस्थान गरेका छन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ अन्त्यतिर पार्मलीको भ्रमण भएको हो । पार्मली २० वर्षपछि नेपाल भ्रमण गर्ने दोश्रो लर्ड मेयर हुन् ।
लर्ड मेयर प्रत्येक वर्ष नोभेम्बरमा लन्डन मेयर अफिस अन्तर्गतका पदाधिकारीहरुबाट चुनिन्छ । लर्ड मेयर पदवी सेरेमोनियल भएपनि लन्डन शहरको वित्तिय तथा व्यापार प्रवर्धन र आर्थिक कुटनीतिका लागि दूतको रुपमा महत्वपूर्ण भूमिका हुन्छ । लन्डन मेयरसंग नजिक भएर काम गर्नुपर्ने दायित्व पनि लर्ड मेयरमाथि छ ।
नेपाल उड्नुअघि लर्ड मेयर नेपाली सञ्चारकर्मीहरुमाझ उपस्थित भए । आफ्नो कार्यालय म्यान्सन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमणको मुख्य उद्देश्य बेलायत नेपाल सम्वन्ध अझ विस्तार गर्नु रहेको जनाए । बेलायत नेपालको पुरानो मित्रराष्ट्र भएको चर्चा गर्दै उनले भ्रमणका क्रममा नेपालमा बेलायती लगानी र हाइड्रो सम्भाव्यताबारे समेत छलफल हुने जानकारी दिए । लर्ड मेयरले बेलायत सरकारको सहयोगमा सञ्चालित विकास परियोजना र भूकम्पपछिको पुनर्निर्माण अवस्था समेत अवलोकन गर्ने बताएका छन् ।
पहिलोपटक नेपाल जान लागेका पार्मलीले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसंग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनले उपप्रधानमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री जनार्दन शर्मा र उद्योगमन्त्री नवीन्द्रराज जोशीसंग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने जनाइएको छ ।
नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका गभर्नरसंग समेत भेटघाट मिलाइएको बताइएको छ ।
नेपाल भ्रमण सकेर उनी पाकिस्तान जाने कार्यक्रम छ ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग