लन्डन । लर्ड मेयर अफ लन्डन डा. एन्ड्रियू पार्मली नेपालको चारदिने औपचारिक भ्रमणका लागि शुक्रबार सांझ प्रस्थान गरेका छन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठ अन्त्यतिर पार्मलीको भ्रमण भएको हो । पार्मली २० वर्षपछि नेपाल भ्रमण गर्ने दोश्रो लर्ड मेयर हुन् ।
लर्ड मेयर प्रत्येक वर्ष नोभेम्बरमा लन्डन मेयर अफिस अन्तर्गतका पदाधिकारीहरुबाट चुनिन्छ । लर्ड मेयर पदवी सेरेमोनियल भएपनि लन्डन शहरको वित्तिय तथा व्यापार प्रवर्धन र आर्थिक कुटनीतिका लागि दूतको रुपमा महत्वपूर्ण भूमिका हुन्छ । लन्डन मेयरसंग नजिक भएर काम गर्नुपर्ने दायित्व पनि लर्ड मेयरमाथि छ ।
नेपाल उड्नुअघि लर्ड मेयर नेपाली सञ्चारकर्मीहरुमाझ उपस्थित भए । आफ्नो कार्यालय म्यान्सन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमणको मुख्य उद्देश्य बेलायत नेपाल सम्वन्ध अझ विस्तार गर्नु रहेको जनाए । बेलायत नेपालको पुरानो मित्रराष्ट्र भएको चर्चा गर्दै उनले भ्रमणका क्रममा नेपालमा बेलायती लगानी र हाइड्रो सम्भाव्यताबारे समेत छलफल हुने जानकारी दिए । लर्ड मेयरले बेलायत सरकारको सहयोगमा सञ्चालित विकास परियोजना र भूकम्पपछिको पुनर्निर्माण अवस्था समेत अवलोकन गर्ने बताएका छन् ।
पहिलोपटक नेपाल जान लागेका पार्मलीले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहालसंग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनले उपप्रधानमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री जनार्दन शर्मा र उद्योगमन्त्री नवीन्द्रराज जोशीसंग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने जनाइएको छ ।
नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका गभर्नरसंग समेत भेटघाट मिलाइएको बताइएको छ ।
नेपाल भ्रमण सकेर उनी पाकिस्तान जाने कार्यक्रम छ ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ