लन्डन । बेलायतवासी मोडल तथा नायिका रोमियन लिम्बुको पहिलो एल्बम ‘प्रकृति’ को ‘कुन घुम्तीमा’ बोलको गीतमा म्यूजिक भिडियो बन्ने भएको छ । लन्डनसहित यूकेका विभिन्न शहरमा तीन दिन छायांकन गरिएको हो । अत्याधुनिक प्रविधिसहित विमान नै भाडामा लिएर छायांकन गरिएको मोडल, निर्माता तथा निर्देशक रोमियनले जनाइन् । म्यूजिक भिडियोमा रोमियनका साथ रितेश चाम्स र गोविन्द अर्मजाले पनि अभिनय गरेका छन् । रोमियनको यस भिडियोमा भावुक दृश्य छ ।
व्यवसायिक हेयर स्टाइलिष्ट र ब्युटिसियन रितेश आफैंले विमान चलाएका छन् । रितेशले बेलायतमै छायांकन गरिएको ब्ल्याक समरमा समेत अभिनय गरेका छन् । नृत्यमा खप्पिस रितेशले यसअघि विभिन्न नाटक र छोटा फिल्ममा अभिनय गरिसकेका थिए ।
उक्त गीतमा प्रकृति थलंगको स्वर, शब्द पूर्ण पाल्पालीको र संगीत कन्चन थलंगको छ । म्यूजिक भिडियोको कोरियोग्राफी प्रतिक दुधराज र रितेश चाम्स एवं मेकअप प्रतिमा दुधराज, तारा राई र सियू सलोनले गरेका छन् । म्यूजिक भिडियो निर्माणमा निर्देशक एलबी सुब्बा, दीपक मैथाने थापा, कल्पना भण्डारी र कुबेर होडाको विशेष सहयोग छ ।
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]