
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार लखनपुर-१ स्थित मङ्गलबारेदेखि शिवगन्ज जोडिने सडकको शिलान्यास गर्नुहुँदै । तस्बिरः यज्ञराज आङदेम्बे, दमक, रासस
सुरुङ्गा(झापा), ६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज झापा क्षेत्र नम्बर ७ मा तीन ठूला योजनाको शिलान्यास गर्नुभएको छ ।
उहाँले झण्डै रु साठी करोडभन्दा माथिका ती तीन योजनाको शिलान्यास गर्नुभएको हो ।
अध्यक्ष ओलीले दमक–१७ को बेतिनी–मावा–आम्बारी पुल, दमक–१९ को सेतुमारी–कोहबरा जोड्ने रतुवा खोलाको पुल र लखनपुरको मङ्गलबारे–धरमपुर–शिवगञ्ज सडकको स्तरोन्नतिको शिलान्यास गर्नुभयोे ।
सो अवसरमा अध्यक्ष ओलीले विकास निर्माण कसैको एकलौटी नहुने बताउनुभयो । विकासको गतिलाई अब कसैले पनि रोक्न सक्दैन भन्दै उहाँले ‘पिच सडक’ हेर्नलाई राजमार्गमा आउनुपर्ने अवस्थाको अन्त्य हुन्छ भन्नुभयो ।
दमक–१९ मा रतुवा खोलाको पुल करिब रु ३३ करोड, दमक–१७ मा मावा खोलाको पुल निर्माणमा रु २३ करोड र सडक स्तरोन्नतिका लागि रु सात करोड बजेट छुट्याइएको छ ।
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय