लण्डन । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग आइसल्याण्ड शिखर सम्मेलन आयोजना गरी भेटवार्ता भएका छन् । सन्डे टाइम्स्ले उक्त कुरा जनाएको हो ।
अमेरिकी राष्ट्रपतिको जिम्मेवारी लिएलगत्तै केही हप्ताभित्र आइसल्याण्डमा एउटा शिखर सम्मेलन गर्ने र वासिङ्टन र क्रेमलिनबीचको सम्बन्ध पुनःस्थिापित गर्ने विषयमा छलफल हुने योजना भएको उक्त पत्रिकाले एक बेलायती उच्च अधिकारीलाई उधृत गर्दै बताएको छ । पत्रिकाले अधिकारीको नाम भने सार्वजनिक गरेको छैन ।
१९८६ मा अमेिरकी र रसियाबीच शीतयुद्ध जारी रहेकै समयमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र मिखाएल गोर्भाचोभको आइसल्याण्डको रेयकजाभिक भेटपछि हुने दुई देशका उच्च पदस्थ अधिकारीको पहिलो भेटवार्ता हुने छ ।
सन्डे टाइम्सले उक्त स्रोतलाई उद्धृत गर्दै भनेको छ, “मस्कोले ट्रम्प र पुटिनबीच हुने सम्मेलनबारे सहमति जनाइसकेको छ ।” आइसल्याण्डले सम्मेलनबारे आफूलाई जानकारी नभएको बताउँदै भनेको छ, ‘मस्को र वासिङ्टनबीचको सम्बन्ध सुधार गर्न सहयोगी भूमिका खेल्ने सम्मेलन आयोजना गर्न भने इच्छुक छौं ।’
आइसल्याण्डका विदेशीमन्त्री गुडलाइगर धोर गोरडासनले भन्नुभयो, “आइसल्याण्ड सरकारले यस विषयमा कुनै जानकारी पाएको छैन । यदी वासिङ्टनले रेयकजाविकमा सम्मेलन गर्ने औपचारिक अनुरोध गरेमा आइसल्याण्ड सरकार सम्मेलन आयोजना गर्न तयार रहनेछ ।”
ट्रम्पले रसियाली नेता पुटिनको प्रशंसा गर्दै आएपनि अमेरिकी गुप्तचर निकायको रसियाको निर्देशनमा अमेरिकी निर्वाचनसमयमा इमेल चुहायर निर्वाचनलाई प्रभावित पार्न खाजेको मनाइलाई अतिच्छापूर्वक स्वीकार गर्नुभएको छ ।
ट्रम्पले ‘द वाल स्ट्रीट जर्नल’ लाई शुक्रबार दिएको अन्तवार्तामा साइबर हमलामा दोषी भन्दै रसियामाथि अमेरिकी प्रशासनद्वारा लगाइएको नाकाबन्दी हटाउन सक्ने बताउनुभएको छ । तर, ट्रम्पले रसियालाई अमेरिकाको मुख्य आक्रमणको केन्द्र बनेको जिहादी समूहमाथिको कारवाहीमा सहयोग गर्नुपर्ने पनि अन्तवार्तामा बताउनुभएको छ ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग