लन्डन । तमु धिं यूके लन्डन इकाइले शनिबार लन्डनस्थित
ग्रीनफोर्ड टाउनहलमा ल्होछार कार्यक्रम गरेको छ ।
संस्कृतिवीद तथा प्राज्ञ डा. जगमान गुरुङको प्रमुख अतिथ्यमा तमुहरुको मौलिक पर्व ल्होछार विविध कार्यक्रमसहित मनाइएको हो ।
दिउसो तीनबजे शुरु उक्त कार्यक्रममा धर्म गुरु नौ अवतार गतार गुरु हम्पुछेले पूजा पाठ गरि सहभागीलाई आशीर्वाद दिएका थिए । कार्यक्रम प्रमुख अतिथी प्रा. डा. जगमान गुरुङ, तमुधिं यूके लण्डन इकाईका अध्यक्ष दिपक गुरुङ, नौ लामा गुरु हम्पुछे, तमु धिं यूकेका पूर्व अध्यक्ष तथा एनआरएनए सल्लाहकार मेजर रि. डमर घले, तमु धिं यूकेका वरिष्ठ उपाध्यक्ष नन्दजंग गुरुङ र बीसीसी यूकेका अध्यक्ष तथा इकाइ सल्लाहकार नारायणप्रसाद गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
कार्यक्रममा उपस्थित सबैलाई इकाइ अध्यक्ष दिपक गुरुङ र सल्लाहकार क्या. रि. प्रेमबहादुर गुरुङले स्वागत मन्तव्य दिंदै शुभकामना दिएका थिए । तमु धिं यूके, एनआरएनए यूके र विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा प्रा. डा. जगमान गुरुङलाई सम्मान समेत गरियोे ।
यहीं क्रममा तमु धिं यूकेका निवर्तमान अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ, वरिष्ठ उपाध्यक्ष नन्दजंग गुरुङ, उपाध्यक्ष हितकाजी गुरुङ र संस्थामा राम्रो काम गरे वापत कोषाध्यक्ष चेतप्रसाद गुरुङ र आमा समूहकी सचिव दिलमाया गुरुङ साथै धनकाजी गुरुङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकार मनोज गुरुङको गायन र इकाइका स्थानीय कलाकारहरु सुशील गुरुङ, मिना गुरुङ, अन्जु श्रेष्ठ, शशी गुरुङ र किशोर किशोरीको जोडदार प्रस्तुति थियोे । सपन इन्टरटेन्टले डिजे डान्ससहित भरपुर मनोरन्जन दिलायो ।
महासचिव सुशील गुरुङ, पूर्ण गुरुङ र सन्जु घलेले सञ्चालन गरेको उक्त कार्यक्रम थप आकर्षक बनाउन राफल पुरस्कार पनि ब्यवस्था गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा समाजका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले उपस्थित सबै सहभागीलाई धन्यवाद दिंदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
ल्होछारका अवसरमा आयोजित पूजा व्यवस्थापन बीसीसी लन्डन शाखा अध्यक्ष गमरसिंह गुरुङले गरेका थिए भने पेय पदार्थको जिम्मेवारी बेन कुमार गुरुङ र उनको टिमले गरेको थियो । कार्यक्रम सफल बनाउन समाजका सल्लाहकारहरु, आमा समूह लगायत समस्त कार्यसमितिले विशेष भूमिका खेलेको कार्यक्रम संयोजक भरत गुरुङले बताए ।
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर