लन्डन । फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले ‘वेष्ट बाइट्स अफ दि इयर २०१६’ अवार्ड प्राप्त गरेको छ । स्थानीय न्यूज एण्ड मेलले आफ्ना लाखौं पाठकहरुको मतका आधारमा उक्त अवार्ड दिएको हो । पत्रिकाले उत्कृष्ट पब, क्याफे र रेष्टुरेन्ट गरि तीन वर्गीकरणमा तीनवर्ष यता अवार्ड प्रदान गर्दै आएको छ ।
उक्त पत्रिकाका फार्नबोरो, क्याम्बर्ली, फ्लीट, अल्डरसट, मिचेट, क्याम्बर्ली, गीलफोर्ड आदि क्षेत्रका पाठकहरुको मतका आधारमा अवार्ड प्रदान गरिएको रेष्टुरेन्ट सञ्चालक सूर्य गुरुङले जनाए । ति क्षेत्रमा करिब ५ सय र फार्नबोरोमा मात्र करिब ९० रेष्टुरेन्ट चालु छन् ।
उक्त रेष्टुरेन्टले सन २०१४- २०१५ मा पहिलो अवार्ड कार्यक्रममा सोही अवार्ड जितेको थियो ।
रेष्टुरेन्ट सञ्चालक गुरुङले अवार्ड दिने न्यू एण्ड मेल, ग्राहक, आफ्ना कर्मचारी र समस्त शुभचिन्तकहरुप्रति आभार व्यक्त गरेका छन् ।
गोर्खा प्यालेस् रेष्टुरेन्ट बेलायतकै प्रतिष्ठित ‘ब्रिटिश करि अवार्ड’ मा तीन पटक टप एकसयभित्र सर्ट लिस्टमा परिसकेको छ । सन् १९९९ देखि सञ्चालित उक्त रेष्टुरेन्ट सूर्य गुरुङले सन् २००४ मा किनेका थिए । त्यसयता सामाजिक उत्तरदायित्व अन्तर्गत रेष्टुरेन्टले हरेक वर्ष च्यारिटी गर्दै आएको छ । एक वर्ष नेपाल र एक वर्ष यूकेको च्यारिटीका लागि अर्थ संकलन गरिने गुरुङले जनाए ।
नेपाल सरकारका खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न