
राष्ट्रपति विद्यादेवी भण्डारी माघेसङ्क्रान्तिका अवसरमा शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित जलपान समारोहमा । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले माघेसङ्क्रान्तिका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा जलपानको आयोजना गर्नुभयो ।
समारोहमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुखद्वय सुवास नेम्वाङ र दमननाथ ढुङ्गाना, मन्त्री तथा सांसदहरुको सहभागिता थियो ।
यस्तै नेकपा (माले)का महासचिव सिपी मैनाली, तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवलगायत नेता सहभागी हुनुहुन्थ्यो । सो अवसरमा उहाँहरुबीच अनौपचारिक छलफल भएको थियो । जलपानमा माघी पर्वमा खाइने विभिन्न विशेष परिकार व्यवस्था गरिएको थियो ।
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन