
राष्ट्रपति विद्यादेवी भण्डारी माघेसङ्क्रान्तिका अवसरमा शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित जलपान समारोहमा । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले माघेसङ्क्रान्तिका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा जलपानको आयोजना गर्नुभयो ।
समारोहमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुखद्वय सुवास नेम्वाङ र दमननाथ ढुङ्गाना, मन्त्री तथा सांसदहरुको सहभागिता थियो ।
यस्तै नेकपा (माले)का महासचिव सिपी मैनाली, तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवलगायत नेता सहभागी हुनुहुन्थ्यो । सो अवसरमा उहाँहरुबीच अनौपचारिक छलफल भएको थियो । जलपानमा माघी पर्वमा खाइने विभिन्न विशेष परिकार व्यवस्था गरिएको थियो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता