लन्डन । चर्चित रयापर अनिल अधिकारी अर्थात यम बुद्ध लन्डनमा मृत भेटिएको समाचार छ । शनिबार उनी लन्डन साउथ हयारोस्थित घरको बाथरुममा मृत अवस्थामा फेला परेको उनी निकट श्रोतले जनाएको छ । उनी श्रीमतिका साथ लन्डनमा थिए ।
लन्डनस्थित नेपाली दूतावासले घट्नाको पुष्टि गर्दै यस सम्वन्धमा थप जानकारी खोजिरहेको बताएको छ । आत्महत्याको कारण र विस्तृत विवरण आउन बांकी छ । पोस्टमोर्टम बुधबार हुने पारिवारिक श्रोतले जानकारी दिएको छ । उनको निधनबारे काठमाण्डूमा परिवारलाई खबर भइसकेको जनाइएको छ ।
सन् १९८७, ३० मेमा जन्मिएका अधिकारीको नयां एल्बम ‘खतरा’ छिट्टै बजारमा आउंदै थियो । मोरङ स्थायी घर भएका अधिकारीको मेरो जुत्तामा, साथी, आउंदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् । उनका लाखौं युवा फ्यान छन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने