
लन्डन । बेलायतस्थित नेपाली ब्यारिस्टर तथा लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई बेलायती महारानीले एउटा विशिष्ठ पदवी प्रदान गरेकी छन् । न्याय र कानुनको क्षेत्रमा विशिष्ठ योगदान गरेवापत वरिष्ठ कानुनवीदहरुलाई प्रदान गरिने बेलायतको एक विशेष पदवी मानार्थ क्वीन्स् काउन्सेल (क्यूसी) प्रदान गरिएको बेलायत सरकारले जानकारी दिएको छ । क्यूसीको शाब्दिक अर्थ महारानीको मानार्थ कानुनी सल्लाहकार हुन्छ ।
प्रा. सुवेदीलाई अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको क्षेत्रमा विशिष्ट योगदान गरेवापत उक्त पदवी दिइएको बेलायत सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त मान पदवी आगामी फेब्रुअरी १३ मा वेष्टमिनिष्टर हलमा एक विशेष समारोहबीच प्रदान गरिने छ ।
विज्ञप्तिमा प्रा. डा. सुवेदीलाई मानवअधिकार, न्याय र कानुनको क्षेत्रमा एक अन्तर्राष्ट्रिय स्तरको अभियन्ता उल्लेख गर्दै सुवेदीले बेलायतको परराष्ट्रमन्त्रीको मानवअधिकार कानुनको सल्लाहकारको रुपमा पांच वर्ष र संयुक्त राष्ट्रसंघको क्याम्बोडियाका लागि मानवअधिकार विशेष दूतको रुपमा ६ वर्ष काम गर्दा दिएको उल्लेखनीय योगदानको प्रशंसा गरिएको छ ।
सुवेदीसंगै बेलायतको न्याय र कानुन क्षेत्रमा लब्ध प्रतिष्ठित अरु पांचजना वरिष्ठ कानुनवीदहरुलाई पनि क्यूसीमा नियुक्त गरिएको छ ।
यसअघि बेलायती महारानीले सुवेदीलाई सन् २००४ मा अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत अफिसर अफ द अर्डर अफ द ब्रिटिश इम्पायर (ओबिइ) उपाधि प्रदान गरेकी थिइन् । बेलायतको उक्त उच्च अवार्ड पाउने सुवेदी पहिलो थिए ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने