
हृदयघातका कारण ९४ वर्षको उमेरमा बुधबार राति निधन हुनुभएका बरिष्ठ पत्रकार मणिराज उपाध्यायप्रति बिहीबार पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की । तस्विरः प्रकाश सिलवाल, रासस
काठमाडौँ, २८ पुस । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले वरिष्ठ पत्रकार मणिराज उपाध्यायप्रति अन्तिम श्रद्धाञ्जलि दिँदै उहाँ चेतना र सूचनाका तपस्वी भएको बताउनुभएको छ ।
पशुपति आर्यघाटमा आज विहान गरिएको श्रद्धाञ्जलि कार्यक्रममा मन्त्री कार्कीले नेपालीमा आवाज र चेतना छ भन्ने जगाएर स्वाभिमानका साथ प्रेस स्वतन्त्रता बचाउनमा उपाध्यायको भूमिकाको प्रशंसा गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति उपाध्यायको गएराति हृदयाघातका कारण ९४ वर्षको उमेरमा निधन भएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपाध्यायले कठिन स्थितिमा पनि स्वाभिमानका साथ पत्रकारिता गरेको स्मरण गर्नुभयो ।
महासङ्घका पूर्वसभापति हरिहर विरहीले आफ्नो स्वाभिमान र मुलुकको हितमा कसैसँग उपाध्यायले सम्झौता नगरेको बताउनुभयो ।
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले उपाध्यायको पार्थिव शरीरमा संस्थाको झन्डा ओढाउँदै शोक मनाउन तीन दिन महासङ्घका तर्फबाट औपचारिक कार्यक्रम आयोजना नगरिने जानकारी दिनुभयो । उपाध्यायको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने