लण्डन । तमुधिँ साउथ इष्ट लण्डन इकाइको आयोजनामा साउथ इष्ट लण्डनमा ल्होसार मनाइएको छ ।
अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षता र महासचिव ह्यारी गुरुङको संचालनमा भएको सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र ग्रेनिच मेयर ओलु बाबुटोला प्रमुख अतिथि थिए ।
कार्यक्रममा पूर्व उपाध्यक्ष हीराप्रसाद गुरुङले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराएका थिए भने अध्यक्ष श्रीचन्द्र गुरुङले सबैलाई स्वागत गरेका थिए । सो अवसरमा शाखाले प्रकाशन गरेको ‘आशिमलाँ’ मुखपत्र विमोचन गरिएको थियो । सो मुखपत्रको सम्पादन सुमलकुमार गुरुङले गरेका छन् ।
यसैगरी, विभिन्न क्षेत्रमा योगदान पुर्याउने महानुभावहरुलाई अवार्ड वितरण गरिएको थियो । यसरी अवार्ड पाउनेहरुमा यमु (तारा) गुरुङ, श्रीमती चन्द्रकला गुरुङ र ज्ञानकुमारी गुरुङलाई वेष्ट कम्युनिटी वर्कर अवार्ड, पूर्व अध्यक्ष हरि गोविन्द गुरुङ, पूर्व प्रमुख सल्लाहकार मोहन गुरुङ र आमा समूहकी प्रमुख सल्लाहकार मायारानी गुरुङलाई पब्लिक लियाजन एम्बेसेडरको अवार्ड दिइयो । सुमलकुमार गुरुङलाई वेष्ट एडभाइजर अफ दी इयर, कमला गुरुङलाई वुमन अफ दी इयर, हीराप्रसाद गुरुङ र कमला गुरुङ (खिम) लाई वेष्ट कम्युनिटी वर्करको अवार्ड दिइयो ।
कार्यक्रममा इकाइका पूर्व समितिलाई बिदाई र नयाँ समितिलाई स्वागत गरिएको थियो । यस्तै, पूर्व प्रमुख सल्लाहकारलाई बिदाई र नयाँ प्रमुख सल्लाहकारलाई स्वागत पनि गरिएको थियो । बिदाई भएका प्रमुख सल्लाहकार मोहन गुरुङले इकाईका लागि ७ हजार पाउण्ड सहयोग दिएको घोषणा गरे ।
कार्यक्रममा तमुधिँ युकेका पूर्व अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङलाई शाखाका तर्फबाट बिदाई र नयाँ अध्यक्ष ज्ञाम गुरुङलाई शाखाका तर्फबाट स्वागत गरिएको थियो ।
कार्यक्रममा परम्परागत तमु पोशाक लगाउने पुरुष र महिलालाई पुरस्कृत गरिएको थियो भने नेपालबाट आएका कलाकारहरु मिलन अमात्य र मनोज गुरुङका साथ स्थानीय कलाकारहरुले मनोरञ्जन दिलाएका थिए । मनोरञ्जनात्मक सत्र सूर्य गुरुङले चलाएका थिए ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ