लण्डन । तमुधिँ साउथ इष्ट लण्डन इकाइको आयोजनामा साउथ इष्ट लण्डनमा ल्होसार मनाइएको छ ।
अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षता र महासचिव ह्यारी गुरुङको संचालनमा भएको सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र ग्रेनिच मेयर ओलु बाबुटोला प्रमुख अतिथि थिए ।
कार्यक्रममा पूर्व उपाध्यक्ष हीराप्रसाद गुरुङले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराएका थिए भने अध्यक्ष श्रीचन्द्र गुरुङले सबैलाई स्वागत गरेका थिए । सो अवसरमा शाखाले प्रकाशन गरेको ‘आशिमलाँ’ मुखपत्र विमोचन गरिएको थियो । सो मुखपत्रको सम्पादन सुमलकुमार गुरुङले गरेका छन् ।
यसैगरी, विभिन्न क्षेत्रमा योगदान पुर्याउने महानुभावहरुलाई अवार्ड वितरण गरिएको थियो । यसरी अवार्ड पाउनेहरुमा यमु (तारा) गुरुङ, श्रीमती चन्द्रकला गुरुङ र ज्ञानकुमारी गुरुङलाई वेष्ट कम्युनिटी वर्कर अवार्ड, पूर्व अध्यक्ष हरि गोविन्द गुरुङ, पूर्व प्रमुख सल्लाहकार मोहन गुरुङ र आमा समूहकी प्रमुख सल्लाहकार मायारानी गुरुङलाई पब्लिक लियाजन एम्बेसेडरको अवार्ड दिइयो । सुमलकुमार गुरुङलाई वेष्ट एडभाइजर अफ दी इयर, कमला गुरुङलाई वुमन अफ दी इयर, हीराप्रसाद गुरुङ र कमला गुरुङ (खिम) लाई वेष्ट कम्युनिटी वर्करको अवार्ड दिइयो ।
कार्यक्रममा इकाइका पूर्व समितिलाई बिदाई र नयाँ समितिलाई स्वागत गरिएको थियो । यस्तै, पूर्व प्रमुख सल्लाहकारलाई बिदाई र नयाँ प्रमुख सल्लाहकारलाई स्वागत पनि गरिएको थियो । बिदाई भएका प्रमुख सल्लाहकार मोहन गुरुङले इकाईका लागि ७ हजार पाउण्ड सहयोग दिएको घोषणा गरे ।
कार्यक्रममा तमुधिँ युकेका पूर्व अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङलाई शाखाका तर्फबाट बिदाई र नयाँ अध्यक्ष ज्ञाम गुरुङलाई शाखाका तर्फबाट स्वागत गरिएको थियो ।
कार्यक्रममा परम्परागत तमु पोशाक लगाउने पुरुष र महिलालाई पुरस्कृत गरिएको थियो भने नेपालबाट आएका कलाकारहरु मिलन अमात्य र मनोज गुरुङका साथ स्थानीय कलाकारहरुले मनोरञ्जन दिलाएका थिए । मनोरञ्जनात्मक सत्र सूर्य गुरुङले चलाएका थिए ।
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]