
काठमाडौँ, २४ पुस । मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आउनुभएका लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज कार्कीलाई कालोमोसो दल्ने प्रशल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद हुने आदेश जारी गरिएको हो ।
अदालतमा मुद्दाको तारेख लिन आउँदा यही पुस ७ गते शाही र बुढाले अदालत परिसरमै कार्कीलाई कालोमोसो दलेका थिए । सोही दिन नै पक्राउ गरी दुवैलाई थुनामा राखिएको थियो । सर्वोच्चले आज जारी गरिएको आदेशमा भनिएको छ, “निजहरुलाई थुनामा राखेकै मितिबाट कैद कट्टा हुने गरी कैदी पूर्जी दिई कैदमा राख्न जिल्ला कारागार कार्यालय काठमाडौँमा पठाइदिने ।”
कालोमोसो दल्नेद्वयलाई अदालतको अवहेलनाअन्तर्गत मुद्दा चलाइएको थियो । न्यायलयको कार्यसम्पादनमा अवरोध पुरयाउने कार्य कसैले पनि गर्नु हुँदैन । आदेशमा शाही र बुढाले अदालतको मानहानी हुने मनसायले नभई व्यक्तिलाई कालोमोसो दलेको बयान दिए पनि उन्मुक्ति दिन नमिल्ने र त्यसलाई स्वीकार गर्न नसकिने उल्लेख छ ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ