
काठमाडौँ, २४ पुस । मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आउनुभएका लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज कार्कीलाई कालोमोसो दल्ने प्रशल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद हुने आदेश जारी गरिएको हो ।
अदालतमा मुद्दाको तारेख लिन आउँदा यही पुस ७ गते शाही र बुढाले अदालत परिसरमै कार्कीलाई कालोमोसो दलेका थिए । सोही दिन नै पक्राउ गरी दुवैलाई थुनामा राखिएको थियो । सर्वोच्चले आज जारी गरिएको आदेशमा भनिएको छ, “निजहरुलाई थुनामा राखेकै मितिबाट कैद कट्टा हुने गरी कैदी पूर्जी दिई कैदमा राख्न जिल्ला कारागार कार्यालय काठमाडौँमा पठाइदिने ।”
कालोमोसो दल्नेद्वयलाई अदालतको अवहेलनाअन्तर्गत मुद्दा चलाइएको थियो । न्यायलयको कार्यसम्पादनमा अवरोध पुरयाउने कार्य कसैले पनि गर्नु हुँदैन । आदेशमा शाही र बुढाले अदालतको मानहानी हुने मनसायले नभई व्यक्तिलाई कालोमोसो दलेको बयान दिए पनि उन्मुक्ति दिन नमिल्ने र त्यसलाई स्वीकार गर्न नसकिने उल्लेख छ ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण