लन्डन । भूपू ब्रिटिश गोर्खाहरुका माग समाधानका लागि बेलायत र नेपाल सरकाबीच वार्ता सकारात्मक रुपमा अघि बढेको छ । वार्ताका लागि दवावमुलक कार्यक्रम गरेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले दुबै सरकारले भूपू गोर्खाहरुका समस्या ढिलै भएपनि बुझेर समाधानतर्फ अग्रसर भएको बताएको छ ।
‘दुबै सरकारले हाम्रा समस्या समाधान गर्न चाहेका देखिएको छ’, सत्याग्रह समितिका अभियान निर्देशक ज्ञानराज राईले भने, ‘नेपाल सरकार पहिलो पटक राष्ट्रिय महत्वको समस्या मान्दै कुटनैतिक पहलका लागि अग्रसर भएको छ । ढिलै भएपनि अन्याय भएको स्वीकार गरेर उनीहरुले वार्ता अगाडि बढाउनुलाई हामीले सकारात्मक ठानेका छौं ।’
बेलायत र नेपाल सरकारका प्रतिनिधि (राजदूतावास) बीच गत डिसेम्बर १९ मा पहिलो प्रारम्भिक बैठक भइसकेको छ । आगामी वार्तामा गोर्खा प्रतिनिधिहरु समेत सहभागी हुने अपेक्षा छ । वार्तामा गेसोले उपस्थिति नरहने बताएपनि बिजिडब्लुएस् भने सहभागी हुने विश्वास समितिलाई छ ।
यसै सन्दर्भमा बेलायती रक्षा मन्त्रालय (एमओडी) अधिकारी आगामी ६ फेब्रुअरीमा नेपाल भ्रमण जाने तयारीमा रहेको राईले जानकारी दिए । नेपाल भ्रमणका क्रममा बेलायती अधिकारीले विभिन्न राजनीतिक पार्टी, भूपू गोर्खाहरु देखि राष्ट्रपतिसम्मलाई भेटेर उनीहरुको धारणा बुझी १३ फेब्रुअरीमा बेलायत फर्कने कार्यक्रम छ । उक्त अवसरमा सत्याग्रह समितिले प्रमुख संयोजक कृष्णबहादुर राईलाई नेपाल पठाउने भएको छ ।
यसैबीच सत्याग्रह समितिले बेलायत नेपाल वार्ता कसरी अगाडि बढ्दैछ भन्नेबारे जानकारी दिन विभिन्न शहरमा जानकारी सभा गरिरहेको छ । समितिले हालसम्म रेडिङ, स्वीन्डन, अल्डरसट, उलवीच र आसफोर्डमा जनसभा गरिसकेको छ ।
समितिले भूपू गार्खाहरुलाई समान पेन्सन, वयस्क छोराछोरीलाई बिना शर्त आवासीय भिजा, क्षतिपूर्ति, नेपालमा रहेका भूपू गोर्खा तथा तिनका परिवारलाई शतप्रतिशत स्वास्थ्य सुविधा तथा कटौती (रिडन्डेन्सी) मा परेकालाई पनि औपचारिक पेन्सन दिनुपर्ने लगायत माग राख्दै आएको छ ।
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग