लन्डन । तमु प्ये ल्हु संघ युकेको आयोजनामा बेलायतका तमुहरुले यस वर्षको च्ह्य ल्होसार मनाएका छन् । गत शुक्रबार ह्यारो लेजर सेन्टर लन्डनमा आयोजित कार्यक्रममा बाँदर वर्गको विदाई तथा चरा वर्गको स्वागत गर्दै ल्होसार मनाइएको हो । कार्यक्रममा वर्ग बाहिरिने र भित्रिने क्रममा हुने वा असर पार्ने पराक्रमहरुको सन्तुलन र रोकथाम गराई स्वस्ति शान्ति तथा शुभलाभका लागि सामूहिक रुपमा छ्योप त्हेँ, पार्क त्हेँ र थासोँ त्हेँ गरिएको थियो ।
खेगी संयोजक डम्बर टु क्ल्हेप्री तमुको संयोजकत्वमा बिहान दश बजेदखि पूजा शुरु गरिएको थियो भने छ्योप त्हेँ, पार्क त्हेँ र थासोँ त्हेँको क्रमशः पच्यु जीत क्रोम्छे, पच्यु देव गरब्ज र क्ल्हेप्री मनाग्रेँ टु क्ल्हेप्री तमुले नेतृत्व गरेका थिए ।
सर्वसाधारणको जानकारीका लागि पूजाको बारेमा संक्षिप्त रुपमा व्याख्या गरिएको पर्चासमेत बाँडिएको थियो जुन पर्चा पच्यु जीत क्रोम्छे, पच्यु देव गरब्ज र क्ल्हेप्री हिरा म्होब्छे क्ल्हेप्रीले लेखेका थिए ।
संघका अध्यक्ष सोम त्होर्जे तमुको संयोजकत्वमा आयोजित सो च्ह्य–ल्होसार महोत्सवको प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए भने विशेष अतिथिहरुमा नेपालदेखि आएका प्रा.डा. जगमान क््रहोँगी लम् तमु र पुनम राज्यलक्ष्मी सुवेदी थिए । त्यसैगरी, बेलायतमा क्रियाशिल विभिन्न संघ संस्थाका अध्यक्षहरुलगायत विभिन्न व्यक्तित्वलाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।
प्रमुख अतिथि महामहिम राजदूत डा. सुवेदी र अध्यक्ष सोम त्हार्जे तमुले संयुक्तरुपमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको च्ह्य–ल्होसार महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गराउन जिम्मेवारी बाँडफाँड गरिएको थियो । पूर्ण क्रोम्छे र आश क्रोम्छे तमुको संयोजनमा खाना व्यवस्थापन र रामगोपाल तेलैँजे र पूर्ण च्हम्रु तमुको संयोजनमा पेयपदार्थ व्यवस्था गरिएको थियो भने आमा समूहको सक्रियता तथा पार्वती पर्जु तमुको संयोजनमा नास्तापानीको व्यवस्था गरिएको थियो ।
त्यसैगरी अतिथि सत्कार संयोजन लेफ्टिनेण्ट मदन प्ल्हेँ तमु र यातायात तथा सुरक्षा संयोजन रनबहादुर टु क्ल्हेप्री तमुले गरेका थिए । त्यसैगरी दिलिप तेलैँजे तमुले आर्थिक संयोजन, भेग च्हाक्ली र खेम सर्वुज तमुले कार्यक्रम संयोजन र जुम टु क्ल्हेप्री तमुले सांस्कृतिक कार्यक्रम संयोजन गरेका थिए ।
१५ सय बढिको सहभागिता रहेको उक्त च्ह्य–ल्होसार महोत्सवमा विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेका छात्रछात्रा, विभिन्न संघ संस्थाको नेतृत्व ग्रहण गरेका नवनियुक्त अध्यक्षहरु, विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने नेपालदेखि बेलायत आएका डा. जगमान क््रहोँगी लम् तमु, गायक मनोज तमु, गायिका मिलन आमात्य र चलचित्र निर्माता रामबाबु तमुलाई स्वागत र सम्मान गरिएको थियो । यसैगरी नयाँ आजीवन सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो भने सामुदायिक भवन तथा क्होँईवोँ निर्माण योजनाको सहयोगार्थ दान दिने दाताहरुलाई पनि सम्मान गरिएको थियो ।
विभिन्न सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रमको उत्तरार्धमा ल्होसार काउण्ट डाउन गरी च्ह्य ल्हो (चरा वर्ग) को स्वागत गरिएको थियो । कार्यक्रममा विभिन्न लयका गुरुङ्ग गीतहरुले संगीतमय बनाएको थियो ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह