
लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका
संरक्षक जीवा लामिछाने आफ्नो नयां कृति ‘सरसर्ती संसार’ को बेलायत विमोचनका लागि लन्डन आइपुगेका छन् । लामिछाने शुक्रबार बिहान लन्डन उत्रिएका हुन् । लामिछानेको स्वागत गर्न गैर आवासीय नेपाली संघका सल्लाहकार विश्वआदर्श पण्डित, गैर आवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्य, नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जिवी ढकाल लगायत विमानस्थल पुगेका थिए ।
लामिछानेको नियात्रा ‘सरसर्ती संसार’ को बेलायत विमोचन यही आइतबार (जनवरी ८ तारिख) लन्डन इष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा हुने कार्यक्रम छ । लोकार्पण समारोहमा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित बेलायतका विभिन्न साहित्यिक संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा, सञ्चारकर्मी लगायत उपस्थित हुनेछन् । कार्यक्रमका अवसरमा सहभागीले लामिछानेसंग प्रत्यक्ष साक्षात्कार गर्न पाउनेछन् ।
उक्त कृति यसअघि नेपाल, मस्को र तान्जानियामा विमोचन भइसकेको छ । कृतिमा एनआरएनए पूर्व अध्यक्ष लामिछानेले विश्वका पांचै महादेश घुम्दाका अनुभव संग्रह गरेका छन् ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई