काठमाडौँ, २१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलका शीर्ष नेतासँग समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयमा आज साँझ भएको भेटमा राष्ट्रपतिले संविधान संशोधन, निर्वाचन लगायतका समसामयिक विषयमा छलफल गर्नुभएकोे राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।
विसं २०७४ माघभित्र तीन तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यतालाई दृष्टिगत गर्दै सबैलाई समेटेर त्यसको तयारी गर्न दलहरुलाई आग्रह गर्नुभएको सल्लाहकार शर्माले बताउनुभयो ।
बैठकमा सहभागी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का नेता रामजनम चौधरीका अनुसार भेटको सुरुमै राष्ट्रपतिले निर्वाचनको वातावरण नबनेको भन्दै वातावरण बनाउन सरकार र प्रतिपक्षी दलको ध्यानाकर्षण गराउनुभएको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरुद्ध हुँदा संविधान संशोधन विधेयक र निर्वाचन विधेयक अलपत्र पर्दा निर्वाचनको विषय ओझेलमा परेको स्पष्ट पार्दै सोमबारका लागि डाकिएको संसद् सञ्चालन भए निर्वाचन घोषणा गर्न सरकार तयार रहेको जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्रीले सरकार जेठमा निर्वाचन गर्ने तयारीमा रहेको बैठकमा जानकारी गराउनुभएको नेता चौधरीले बताउनुभयो ।
बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको भनाइमा सहमति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले संसद् खुलाउनुपर्ने बताउनुभएको थियो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचन विधेयक अगाडि बढाए संसद् सञ्चालन गर्न आफ्नो दल तयार रहेको धारणा राख्नुभएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नयाँ शिराबाट समस्याको समाधान खोज्नुपर्ने धारणा राख्नुभएको थियो ।
बैठकमा फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आठ प्रदेश बनाएर जानुपर्ने आफ्नो पार्टीको प्रस्ताव कार्यान्वयनमा ल्याए समस्या समाधान हुने बताउनुभएको नेता चौधरीले जानकारी दिनुभयो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ