
अल्ट्राम्याराथनका अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई बिहीबार झापाको दमकमा रु २८ लाखको चेकसहितको सम्मानपत्र हस्तान्तरण गरिँदै । मिरालाई बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङलगायतका पाँच वटा संस्थाको पहलमा नगदसहित सम्मान गरिएको हो । तस्बिर ः यज्ञराज आङदेम्बे, झापा, रासस
लन्डन । अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई बेलायतवासी नेपालीको तर्फबाट उच्च सम्मान भएको छ । अल्ट्रा म्याराथन खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा नै देशको नाम राख्न सफल भएको भन्दै उनलाई २८ लाख रुपैयांसहित सम्मान गरिएको हो ।
सगरमाथा तेक्वान्दो डोजाङ यूकेको सहकार्यमा बेलायतस्थित आधा दर्जन संघसंस्थाले संकलन गरेको २८ लाख रुपैयां बिहिबार दमकमा एक कार्यक्रम गरी राईलाई सम्मान गरिएको हो । मिरालाई बेलायतस्थित किरांत राई यायोख्खा यूके, जेन मार्शल आर्ट एकेडेमी यूके, भोजपुर समाज यूके र नेपाल युथ अगनाइजेसन यूकेले एकैसाथ सम्मान गरेका हुन् ।
कार्यक्रम संयोजक तथा सगरमाथा तेक्वान्दो डोजाङ यूकेका संस्थापक मास्टर राष्ट्रकुमार राईले मिराले अल्ट्रा म्याराथनमार्फत नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय स्तरमा नै चिनाउन गरेको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको बताएका छन् ।
भोजपुर सानो दुंगला ९ मा जन्मिएकी मिरा पूर्व जनमुक्ति सेना हुन् । उनी सेना समायोजनका क्रममा उमेर नपुगेका कारण अयोग्य ठहरिएपछि खेल क्षेत्रमा लागेकी थिइन् ।
सन् २०१४ सेप्टेम्बरमा इटालीमा भएको प्रतियोगिता उनको जीवनमा पहिलो अन्तर्राष्ट्रिय स्तरको थियो । फ्रान्स, हङकङ, बेलायत लगायत देशमा सहभागी भएर उपाधि जितिसकेकी उनी हालैमात्र नेशनल जिओग्राफिक च्यानलको एडभेन्चरर्स अफ दि इयर २०१६ उपाधि समेत जित्न सफल भएकी थिइन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ