काठमाडौँ, २१ पुस । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले उहाँलाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले राससलाई बताउनुभयो ।
भूकम्पपछिको पुनःनिर्माणका काम द्रुत गतिमा सम्पादन गर्न नसकेको भन्दै सरकारले ज्ञवालीलाई गतसाता स्पष्टीकरण सोधेको थियो ।
उहाँले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पदमुक्त गर्ने निर्णय सरकारले गरेको जानकारी दिँदै मन्त्रिपरिषद्का ती सदस्यले ‘ज्ञवालीजीलाई पदमुक्त गर्ने सम्बन्धमा केही प्रक्रिया बाँकी रहेकाले साँझसम्ममा निर्णय सार्वजनिक हुने’ बताउनुभयो ।
सरकारबाट आफूलाई पदमुक्त गरेको पत्र प्राप्त हुनेबित्तिकै कानुनी उपचारको बाटो खोज्ने तयारीमा प्रमुख कार्यकारी अधिकृत ज्ञवाली रहनुभएको प्राधिकरणका एक अधिकारीले जानकारी दिनुभएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार