बेलायत । बेलायत छन्त्याल संघले छन्त्याल समुदायको महान पर्ब छार म्हेङ (नयाँ वर्ष) तथा म्हिलाङे सोङ्ती (माघे सक्रािन्त) धुमधामका साथ मनाएको छ ।
संघले सदाझैँ यस वर्ष पनि बेलायतमा रहेका छन्त्यालहरुलाई एक ठाउंमा भेला गरी आफ्नो मौलिक परम्परा, कला, संस्कृतिलाई निरन्तरता दिँदै सो कार्य सम्पन्न गरेको हो ।
संघले हरेक वर्ष जनवरी १ तारिखलाई छन्त्यालहरुको महान पर्ब छार म्हेङ तथा म्हिलाङे सोङ्ती मनाउने प्रचलन स्थापित गरेको छ ।
बेलायतमा उक्त दिन सार्वजनिक बिदा दिइने हुँदा संघले यस दिनलाई छन्त्याल समुदायको मिलन बिन्दुको रुपमा पनि लिएको छ । उक्त पर्बको औपचारिक कार्यक्रम अध्यक्ष झक छन्त्यालले पानसमा बत्ति बाली उद्घाटन गरेपश्चात छन्त्याल जातिको परम्पराअनुसार विशेष ब्यक्तित्वहरुको बाहुलीबाट मैनबत्ती बाली बिभिन्न परिकारका खानेकुराहरु चढाई पितृ सम्झने र पूज्ने कार्य भयो ।
कार्यक्रममा उच्च शिक्षा हांसिल गरेका विद्यार्थीहरुलाई कदरपत्र दिएर सम्मान समेत गरिएको थियो । त्यसैगरी संघले भर्खर नेपालबाट आएका नयाँ सदस्यहरु लगायत विभिन्न राष्ट्रबाट आएका आगन्तुक पाहुनाहरुलाई पनि स्वागत तथा सम्मान गरेको थियो । साथै ब्यवसायमा सफलता हांसिल गरेका ब्यवसायीहरुलाई पनि हौसलाको रुपमा संघले बधाई तथा सम्मान गरेको थियो ।
कार्यक्रममा क्याप्टेन रुद्र छन्त्याल लगायतका बक्ताहरुले छन्त्याल जातिको पराम्परा, कला, संस्कार, संस्कृति तथा पहिचान र अधिकार सुनिश्चितताका लागि बिश्वभरका छन्त्यालहरु एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सांस्कृतिक सचिव नरसिङ घरब्जा र साथीहरुले ’लालै गीत’ तथा छन्त्याल जातिको कला संस्कृति झल्कने नृत्यका साथ नौमती बाजा बजाई विगतभन्दा फरक र थप मनोरन्जन प्रदान गरेका थिए ।
बेलायतजस्तो ब्यस्त जीवनशैली र अलग कला संस्कृति भएको राष्ट्रमा पनि आफ्नो समुदायको कला संस्कृति झल्कने मौलिक चाड मनाउन पाउँदा सहभागी सबैजना हर्षोउल्लासको साथ झुमिरहेका देखिन्थे ।
संघका अध्यक्ष झक छन्त्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रम उपाध्यक्ष हेम छन्त्यालको स्वागत र महासचिव मुकेन घरब्जा छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग