बेलायत । बेलायत छन्त्याल संघले छन्त्याल समुदायको महान पर्ब छार म्हेङ (नयाँ वर्ष) तथा म्हिलाङे सोङ्ती (माघे सक्रािन्त) धुमधामका साथ मनाएको छ ।
संघले सदाझैँ यस वर्ष पनि बेलायतमा रहेका छन्त्यालहरुलाई एक ठाउंमा भेला गरी आफ्नो मौलिक परम्परा, कला, संस्कृतिलाई निरन्तरता दिँदै सो कार्य सम्पन्न गरेको हो ।
संघले हरेक वर्ष जनवरी १ तारिखलाई छन्त्यालहरुको महान पर्ब छार म्हेङ तथा म्हिलाङे सोङ्ती मनाउने प्रचलन स्थापित गरेको छ ।
बेलायतमा उक्त दिन सार्वजनिक बिदा दिइने हुँदा संघले यस दिनलाई छन्त्याल समुदायको मिलन बिन्दुको रुपमा पनि लिएको छ । उक्त पर्बको औपचारिक कार्यक्रम अध्यक्ष झक छन्त्यालले पानसमा बत्ति बाली उद्घाटन गरेपश्चात छन्त्याल जातिको परम्पराअनुसार विशेष ब्यक्तित्वहरुको बाहुलीबाट मैनबत्ती बाली बिभिन्न परिकारका खानेकुराहरु चढाई पितृ सम्झने र पूज्ने कार्य भयो ।
कार्यक्रममा उच्च शिक्षा हांसिल गरेका विद्यार्थीहरुलाई कदरपत्र दिएर सम्मान समेत गरिएको थियो । त्यसैगरी संघले भर्खर नेपालबाट आएका नयाँ सदस्यहरु लगायत विभिन्न राष्ट्रबाट आएका आगन्तुक पाहुनाहरुलाई पनि स्वागत तथा सम्मान गरेको थियो । साथै ब्यवसायमा सफलता हांसिल गरेका ब्यवसायीहरुलाई पनि हौसलाको रुपमा संघले बधाई तथा सम्मान गरेको थियो ।
कार्यक्रममा क्याप्टेन रुद्र छन्त्याल लगायतका बक्ताहरुले छन्त्याल जातिको पराम्परा, कला, संस्कार, संस्कृति तथा पहिचान र अधिकार सुनिश्चितताका लागि बिश्वभरका छन्त्यालहरु एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सांस्कृतिक सचिव नरसिङ घरब्जा र साथीहरुले ’लालै गीत’ तथा छन्त्याल जातिको कला संस्कृति झल्कने नृत्यका साथ नौमती बाजा बजाई विगतभन्दा फरक र थप मनोरन्जन प्रदान गरेका थिए ।
बेलायतजस्तो ब्यस्त जीवनशैली र अलग कला संस्कृति भएको राष्ट्रमा पनि आफ्नो समुदायको कला संस्कृति झल्कने मौलिक चाड मनाउन पाउँदा सहभागी सबैजना हर्षोउल्लासको साथ झुमिरहेका देखिन्थे ।
संघका अध्यक्ष झक छन्त्यालको अध्यक्षतामा भएको उक्त कार्यक्रम उपाध्यक्ष हेम छन्त्यालको स्वागत र महासचिव मुकेन घरब्जा छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने