बेलायतमा नेपाली भाषा, साहित्य, कला प्रबर्धन गर्न इ मेडिया

emedia

लन्डन । नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै बेलायतस्थित अल्डरसटको निरमाया रोधीघरमा एभरेष्ट इन्टरटेन्टमेन्ट (ई–मिडिया हब) कम्पनीको शुरूवात भएको छ । बेलायतवासी नेपाली युवाहरुको सक्रियतामा गायक, गायिकालगायत पत्रकारहरुको समूहले उक्त कम्पनी खोलेको हो । इश्वर चाम्लिङ राई, मितेश गुरुङ, जानुका राई, किशोर गुरुङ, सीता शेरचन, कृष्णराज मेयाङवो, अनिला राई, दिपक राई, किरण चाम्लिङ राई, नवराज राई, भूमिराज राई, प्रेम गरुङ, भूपदेव राई, किसन राई र मुकेश राईको संयुक्त लगानीमा बैधानिक रुपमा दर्ता भएको एभरेष्ट इन्टरटेन्टमेन्ट (इ–मेडिया हब) कम्पनीको उद्घाटन शनिबार भएको हो ।

कार्यक्रममा कम्पनीकी मिडिया विभाग प्रमुख जानुका राईले उपस्थित पाहुनाहरुलाई स्वागत गरेकी थिइन् । कम्पनीका सिइओ इश्वर चाम्लिङ राईले बेलायतवासी नेपाली समाज र नयाँ पुस्ताका लागि नेपाली भाषा, साहित्य, कला र प्रतिभा उजागर गर्दै आफ्नो संस्कारलाई जीवित राख्ने उद्देश्यले कम्पनी सुरु गरिएको प्रष्ट्याए ।

कार्यक्रममा गायक नोर्देन तेन्जिङ भूटिया, एनआरएनए युके उपाध्यक्ष योग फगामी, नेपाली चलचित्र कबड्डी र पुरानो डुंगाका निर्देशक रामबाबु गुरुङले कम्पनीलाई शुभकामना दिएका थिए । कम्पनीका सदस्यहरु किशन राई, अनिला राई, प्रेम गुरुङ, किशोर गुरुङ र कुष्णराज मेयाङवोले गीत, संगीत पस्केर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरे ।

उक्त कार्यक्रममा किरात राई यायोक्खा केन्द्रका वरिष्ठ उपाध्यक्ष दिलकुमार राई, उपाध्यक्ष शंकर राई र महासचिव जितेन्द्र साम्पङ राई, मोना यूकेका सम्पूर्ण टिम लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।
सोचेभन्दा बढि अतिथीहरुको उपस्थितिले कार्यक्रम अत्यन्तै सफल भएको आयोजकको दावी छ । कार्यक्रमको अर्को उद्देश्य अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नु पनि थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री