लन्डन । नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै बेलायतस्थित अल्डरसटको निरमाया रोधीघरमा एभरेष्ट इन्टरटेन्टमेन्ट (ई–मिडिया हब) कम्पनीको शुरूवात भएको छ । बेलायतवासी नेपाली युवाहरुको सक्रियतामा गायक, गायिकालगायत पत्रकारहरुको समूहले उक्त कम्पनी खोलेको हो । इश्वर चाम्लिङ राई, मितेश गुरुङ, जानुका राई, किशोर गुरुङ, सीता शेरचन, कृष्णराज मेयाङवो, अनिला राई, दिपक राई, किरण चाम्लिङ राई, नवराज राई, भूमिराज राई, प्रेम गरुङ, भूपदेव राई, किसन राई र मुकेश राईको संयुक्त लगानीमा बैधानिक रुपमा दर्ता भएको एभरेष्ट इन्टरटेन्टमेन्ट (इ–मेडिया हब) कम्पनीको उद्घाटन शनिबार भएको हो ।
कार्यक्रममा कम्पनीकी मिडिया विभाग प्रमुख जानुका राईले उपस्थित पाहुनाहरुलाई स्वागत गरेकी थिइन् । कम्पनीका सिइओ इश्वर चाम्लिङ राईले बेलायतवासी नेपाली समाज र नयाँ पुस्ताका लागि नेपाली भाषा, साहित्य, कला र प्रतिभा उजागर गर्दै आफ्नो संस्कारलाई जीवित राख्ने उद्देश्यले कम्पनी सुरु गरिएको प्रष्ट्याए ।
कार्यक्रममा गायक नोर्देन तेन्जिङ भूटिया, एनआरएनए युके उपाध्यक्ष योग फगामी, नेपाली चलचित्र कबड्डी र पुरानो डुंगाका निर्देशक रामबाबु गुरुङले कम्पनीलाई शुभकामना दिएका थिए । कम्पनीका सदस्यहरु किशन राई, अनिला राई, प्रेम गुरुङ, किशोर गुरुङ र कुष्णराज मेयाङवोले गीत, संगीत पस्केर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरे ।
उक्त कार्यक्रममा किरात राई यायोक्खा केन्द्रका वरिष्ठ उपाध्यक्ष दिलकुमार राई, उपाध्यक्ष शंकर राई र महासचिव जितेन्द्र साम्पङ राई, मोना यूकेका सम्पूर्ण टिम लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।
सोचेभन्दा बढि अतिथीहरुको उपस्थितिले कार्यक्रम अत्यन्तै सफल भएको आयोजकको दावी छ । कार्यक्रमको अर्को उद्देश्य अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नु पनि थियो ।
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई