काठमाडौँ, १९ पुस । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरण तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले आज अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
प्राधिकरणमा निर्देशक कुलमान घिसिङ नियुक्त भएपछि असहयोग गरेको भन्दै सञ्चालक सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई यही पुस ३ गते बर्खास्त गरिएको थियो । बर्खास्त गरिएका तीन सञ्चालकले पुस १३ गते आफूहरूको बर्खास्तीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुस १३ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले आज सो अल्पकालीन अन्तरिम आदेशलाई खारेज गपछि मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म सदस्यत्रय पदमुक्त हुनेछन् ।
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ