लण्डन । दक्षिण पश्चिम इंगल्याण्डको स्वीण्डन शहरमा एक महिलामाथि सांघातिक हमला गरेको अभियोगमा एक नेपालीलाई पक्राउ गरिएको छ।
गत बिहीबार स्थानीय बडबेरी पार्कमा एक ३६ वर्षीय महिलालाई गम्भीर कुटपिट गरेको आरोप लगाउँदै प्रहरीले स्वीण्डन निवासी विकास गुरुङलाई पक्राउ गरेको एउटा अनलाईनसमाचार पोर्टल thisiswiltshire.co.uk ले जनाएको छ।
उक्त पोर्टलका अनुसार ४१ वर्षीय गुरुङलाई तीन दिनअघि मजिस्ट्रेट सामु उपस्थित गराइएको थियो।
उनले आफु दोषी भए वा नभएको केही बताएनन्, तर मजिस्ट्रेटले उनलाई थुनामा राखी राख्न आदेश दिए।
अब आउँदो फेब्रुअरी ३ तारिखमा उनलाई स्वीण्डन क्राउन कोर्टमा उपस्थित गराइने छ।
प्रहरीले गुरुङले कुटपिट गरेको भनिएकी महिलाको अस्पतालमा उपचार भैरहेको र उनको स्थिति गम्भीर रहेको जनाएको छ।
ती महिलाको परिचय खुलाइएको छैन।
ती महिलामाथि किन आक्रमण गरियो भन्नेबारे पनि समाचारमा केही जनाइएको छैन।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय