
लन्डन । हाल बेलायतको सांगीतिक भ्रमणमा रहेका बीग आइकन २०१६ वीनर साजन आले र सन् २०११ का वीनर सुमन गौतमले नयां वर्षकै दिन आइतबार जोडदार प्रस्तुति दिएका छन् । उनीहरु निरमाया रोधीघरको एउटै स्टेजमा उत्रिएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिए । अरु बेला लोक दोहोरी माहोल बन्ने निरमाया नयां वर्षमा भने बिल्कुल फरक वातावरणमा रम्यो । कार्यक्रममा आले र गौतमले मस्की मस्की हिंडेर जानेले…, यो मन त मेरो नेपाली हो…लगायत गीत संगै गाउंदा नाच्ने तन्नेरीको कमी रहेन ।
नेपलिज इन्टरटेन्मेन्ट यूकेले उक्त सांगीतिक कार्यक्रमको चांजोपांजो मिलाएको थियो । कार्यक्रममा आलेले पिलायो साथीले…तालको पानी, ओय झुमा झुम्कावाली, म बिना कसै कसैलाई मुश्किल छ पोखरामा, बल्ल बल्ल भेट भो दर्शन नमस्ते जस्ता दर्जन बढि गीत गाएर माहोल तताए ।
लामो समय आम्सट्रडममा बसेर अंग्रेजी गायनमा रमेका गौतमले अंग्रेजी नेपाली दुवै खालका गीत गाए । कार्यक्रममा बीच बीचमा निरमायाकै गायक मधुसुदन थापाले पनि गाएर नचाए ।
आयोजक नेपलिज इन्टरटेन्मेन्ट यूकेले दुवै आइकनहरुलाई आर्थिक सहयोग समेत गरेको छ । उक्त कार्यक्रम बीरेन्द्र खड्का, अनिल मल्ल, दीपक खडका, राजेन्द्र गुरुङ लगायतको पहलमा भएको हो । कार्यक्रम सफल बनाउन युरोपको नेपालीपत्रका डिरेक्टर अफ अपरेसन्स् (यूके) सिद्धार्थविक्रम क्षेत्री र निरमायाका गणेश गुरुङले पनि साथ दिएका थिए ।
बिग आइकन साजन आलेले नेपाल फर्कनुअघि अब अन्तिम कार्यक्रम प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा यही ४ जनवरी बुधबार सांझ गर्ने भएका छन् । उनी बेलायतमा खुबै व्यस्त रहे । उनले तमुधिं यूकेको ल्होछार, प्रवासी नेपाली मञ्चको स्थापना दिवस कार्यक्रम, क्याम्बर्ली शो एसिया, गोल्डेनसीप र चौतारी रेष्टुरेन्ट लगायत ठाउंमा गाइसकेका छन् । आले बिग एफएमका अध्यक्ष महेश भण्डारीको साथ बेलायत आएका हुन् ।
तस्विरः शिव भण्डारी
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान