
लन्डन । नेपाली चलचित्र ‘पुरानो डुंगा’ ले बेलायती सिनेमा हलहरुमा स्थान पाएको छ । लन्डन ह्यारोस्थित सफारी सिनेमा हलमा प्रिमियर शोपछि योर्क र वकिङमा प्रदर्शन भइसकेको उक्त फिल्म जनवरी पहिलो साता ए ग्रेड सिनेमा हल ‘सिनेवर्ल्ड’ मा समेत प्रदर्शन हुने भएको छ । इन्टरनेशनल नेपलिज फिल्म एकेडेमी यूकेले फिल्म प्रदर्शन गर्न लागेको हो । यसअघि एकेडेमीले ‘गाजलु’ सिनेवर्ल्डका दश बढि हलमा प्रदर्शन गरेको थियो ।
शनिबार लन्डनमा आयोजित प्रेस मिटमा एकेडेमीका तर्फबाट प्रशान्त थापाले फिल्म जनवरी ६ र ८ मा अल्डरसट, आसफोर्ड, फेल्थाम, ओटु ग्रीनवीच, वेम्ली, नोटिङहाम, स्वीन्डन, एवरडिन, एडिनबरा र म्यानचेस्टरको सिनेवर्ल्डमा प्रदर्शन हुने तय भइसकेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा उक्त फिल्मका निर्देशक रामबाबु गुरुङले चलचित्रले नेपालमा सोचेजस्तो व्यापार नगरेको स्वीकारे । ‘कमी कमजोरी पक्कै छन्’, उनले भने, ‘समिक्षामा साथीहरुले विभिन्न राम्रा नराम्रा पक्ष औंल्याउनुभएको छ । तर, मैले यसअघिका कबड्डी, कबड्डी कबड्डी भन्दा पृथक धारमा चलचित्र बनाउने प्रयास गरेको हुं ।’ दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, माओत्से गुरुङ लगायतको अभिनय रहेको उक्त फिल्मको गीत ‘निर जहिले रिसाउने…’ चाहिं चर्चित छ ।
कार्यक्रममा फिल्म निर्देशक, निर्माता तथा प्रदर्शक निरक पौडेलले पछिल्लो समय नेपाली चलचित्रको गुणस्तर वृद्धि भइरहेको जनाउंदै नेपाली फिल्म बेलायती हलमा प्रदर्शन हुनु शुभ संकेत भएको धारणा राखे । बिग एफएमका अध्यक्ष महेश भण्डारीले दर्शकका रुपमा प्रस्तुत हुंदै फिल्म हेरुन्जेल राम्रो लाग्ने बताए ।
एकेडेमीका तर्फबाट मोडल तथा कोरियोग्राफर बिना राईले सञ्चालन गरेको उक्त कार्यक्रममा निर्देशक गुरुङ, पौडेल, बीग आइकन साजन आले लगायतलाई आयोजकले सम्मान समेत गरेका थिए ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त