
लन्डन । लामो समयदेखि बेलायत बस्दै आएका गायक सन्तोष वीर सिंह बस्नेतले अंग्रेजी नयां वर्षको अवसर पारेर आफ्नो ‘हो..हो..हो.. आम्मा’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
क्रिकेटर शक्ति गौचन र अभिनेत्री मिथिला शर्मा अभिनित भिडियोमा गौचनको जिवनीलाई आधार बनाई आमा छोराबीचको घनिष्टता प्रस्तुत गरिएको छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन छ । बेलायतमा गाएको भाग भने कुशल श्रेष्ठले खिचेका हुन् ।
प्राय आफ्नो भिडियोमा चर्चित सेलिब्रिटीलाई अभिनय गराउन रुचाउने गायक बस्नेतले यस अघि ‘ऐया ऐया छाती दुख्या’ मा नायिका प्रियंका कार्की र ‘खट्टो पिरो अमिलो’ मा नायिका नम्रता सापकोटालाई अभिनय गराएका थिए ।
विद्यार्थी भिषामा बेलायत आएका बस्नेत बाल्यकालदेखि नै गीत लेख्न र संगीत संयोजन गर्न रुचाउंथे । संगीतको दुनियांमा नेपथ्य ब्याण्डका सुरज कुमार थापा र संगीत कक्षामा आफूसंगै जाने र आफ्नो शुल्क पनि तिरिदिने अशोक सुवेदीको संगीतबाट प्रेरित भएको बस्नेत बताउंछन् ।
बस्नेतले लन्डनस्थित ४० केन्जिंगटन हल गार्डेन्स ब्यूमन्ट एभेन्यूमा करिब २ वर्षसम्म पश्चिमी संगीत सिक्नुका साथै केन्जिंगटनस्थित भारतीय विद्या मन्दिरमा १ वर्ष चन्द्रमाया मिश्रसंग भारतीय क्लासिकल संगीत, इलफोर्डमा स्वनन्द कर्माकारसंग साढे २ वर्ष संगीत सिके भने अझै सिक्ने क्रम जारी छ ।
हाल हस्पिटालिटी क्षेत्रमा कार्यरत सन्तोषले संगीतलाई नै आफ्नो करिअर बनाउने योजना रहेको बताए ।
https://www.youtube.com/watch?v=bKlci1IYM_k&feature=youtu.be
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा