
लन्डन । लामो समयदेखि बेलायत बस्दै आएका गायक सन्तोष वीर सिंह बस्नेतले अंग्रेजी नयां वर्षको अवसर पारेर आफ्नो ‘हो..हो..हो.. आम्मा’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
क्रिकेटर शक्ति गौचन र अभिनेत्री मिथिला शर्मा अभिनित भिडियोमा गौचनको जिवनीलाई आधार बनाई आमा छोराबीचको घनिष्टता प्रस्तुत गरिएको छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन छ । बेलायतमा गाएको भाग भने कुशल श्रेष्ठले खिचेका हुन् ।
प्राय आफ्नो भिडियोमा चर्चित सेलिब्रिटीलाई अभिनय गराउन रुचाउने गायक बस्नेतले यस अघि ‘ऐया ऐया छाती दुख्या’ मा नायिका प्रियंका कार्की र ‘खट्टो पिरो अमिलो’ मा नायिका नम्रता सापकोटालाई अभिनय गराएका थिए ।
विद्यार्थी भिषामा बेलायत आएका बस्नेत बाल्यकालदेखि नै गीत लेख्न र संगीत संयोजन गर्न रुचाउंथे । संगीतको दुनियांमा नेपथ्य ब्याण्डका सुरज कुमार थापा र संगीत कक्षामा आफूसंगै जाने र आफ्नो शुल्क पनि तिरिदिने अशोक सुवेदीको संगीतबाट प्रेरित भएको बस्नेत बताउंछन् ।
बस्नेतले लन्डनस्थित ४० केन्जिंगटन हल गार्डेन्स ब्यूमन्ट एभेन्यूमा करिब २ वर्षसम्म पश्चिमी संगीत सिक्नुका साथै केन्जिंगटनस्थित भारतीय विद्या मन्दिरमा १ वर्ष चन्द्रमाया मिश्रसंग भारतीय क्लासिकल संगीत, इलफोर्डमा स्वनन्द कर्माकारसंग साढे २ वर्ष संगीत सिके भने अझै सिक्ने क्रम जारी छ ।
हाल हस्पिटालिटी क्षेत्रमा कार्यरत सन्तोषले संगीतलाई नै आफ्नो करिअर बनाउने योजना रहेको बताए ।
https://www.youtube.com/watch?v=bKlci1IYM_k&feature=youtu.be
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई