काठमाडौँ, १५ पुस । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान सशोधन प्रस्ताव परित नभई घोषणा गरिने कुनै पनि निर्वाचन आफूलाई मान्य नहुने अडान राखेको छ ।
मोर्चाको हिजो र आज राजधानीमा भएको बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तराई –मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नगरी घोषणा हुने निर्वाचनले समस्या समाधान गर्नुको साटो द्वन्द्व मात्र बढाउने बताउनुभयो ।
उहाँले भन्नुभयो– “संविधान सशोधन प्रस्ताव सहमतिको आधारमा परिमार्जन गरी पारित नगरिएसमम कनै पनि तहको निर्वाचन मोर्चालाई मान्य हुने छैन ।”
सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा संविधान जारी गर्दा नै असन्तुष्टिलाई संविधान संशोधन गरी सम्बोधन गर्ने बाचा गर्ने नेकपा –एमालेले संशोधनलाई रोक्न सदनमा गरिरहेको अवरोध अलोकतान्त्रिक र संसदीय अध्यायको विपरित रहेको मोर्चाले ठहर गरेको उल्लेख गरिएको छ ।
मोर्चाले संविधान सशोधन प्रस्तावलाई परिमार्जन गरी पारित गर्नका लागि जनदबाब सिर्जना गर्न आउँदो सोमबार जिल्ला सदरमुकाममा खबरदारी विरोध प्रदर्शन गर्ने जनाएको छ ।
सङ्घीय राज्यको पुनः संरचनाको मान्य सिद्धान्त अनुरुप सङ्घीय राज्यमा स्थानीय तह प्रदेश अन्तर्गत सम्बन्धित हुनपर्ने तथ्यप्रति सबैको ध्यानाकर्षण गराउँदै मोर्चाले समान जनसङ्ख्याको आधारलाई बेवास्ता गर्दै जनसहभागिता बिना तथा संविधान विपरित तयार गरिएको अपूरो प्रतिवेदनलाई स्वीकार गर्न नसकिने जनाएको छ ।
मोर्चामा सङ्घीय समाजवादी फोरम, तमलोपा, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी, तराई– मधेस सद्भावना पार्टीलगायतका दल आवद्ध छन् ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय