काठमाडौँ, १४ पुस । चीनले नेपाल सरकारलाई रु १५ अर्ब ७० करोड आर्थिक सहायता प्रदान गरेको छ ।
स्याफ्रुबँेसी–रसुवागढी राजमार्गको स्तरोन्नति, सिभिल हस्पिटलको स्तरोन्नति र नेपाल–चीनबीच भूकम्पपछिको पुनःनिर्माणका लागि सम्झौता भएको परियोजनामा सो रकम खर्च गरिने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।
परियोजनाले चीनसँगको सम्पर्क सञ्जाल बिस्तार, पर्यटन, व्यापार, लगानी, स्वास्थ्य सेवामा पहुँच तथा भूकम्प प्रभावित क्षेत्रका जनताको जीवनस्तर सुधार ल्याउने अपेक्षा राखिएको छ ।
चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल र चीनका वाणिज्य उपमन्त्री झाङ चिआङ्चनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सो अवसरमा नेपालका तर्फबाट राजदूत पौड्यालले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिँदै नेपालको सामाजिक–आर्थिक विकासमा चीनको सहयोगको निरन्तरताको अपेक्षा राख्नुभयो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा