संशोधन नगरी निर्वाचन गर्न नहुने मोर्चाको अडान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकका सहभागी । फाइल तस्विर, तस्बिर ः रोशन सापकोटा, रासस

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकका सहभागी । फाइल तस्विर, तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, १४ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानको संशोधन नगरी स्थानीय तहको निर्वाचन गर्न नहुने जनाएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को केन्द्रीय कार्यालय बिजुलीबजारमा आज बसेको मोर्चाको बैठकले संविधान संशोधन नगरी निर्वाचन गर्दा त्यसले द्वन्द्व निम्त्याउने निष्कर्ष निकालेको छ ।

बैठकका बारेमा जानकारी दिँदै तमलोपा उपाध्यक्ष विशेषचन्द्र लालले संविधान संशोधन गरी निर्वाचन गर्दा थोरै भए पनि मोर्चाका माग सम्बोधन हुने र आफूहरु निर्वाचनमा जानसक्ने बताउनुभयो ।

बैठकमा मुलुकको समसामयिक राजनीति र राजनीतिक गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “मोर्चाले संविधान कार्यान्वयन होस् भन्ने चाहेको छ । त्यसका लागि हामीले लचकता अपनाएका छौँ ।”

मोर्चाले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले संविधानको मूल मर्म विपरीत काम गरेको निष्कर्ष निकाल्दै विशेष, संरक्षित र स्वायत्त क्षेत्रका बारेमा कुनै कार्य नगरेको आरोप लगाएको छ ।

बैठक भोलि पनि बस्ने र भोलि नै पत्रकार सम्मलेन गरी बैठकका निर्णय सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री