
लण्डन । स्वर्गीय पत्रकार कर्ण बोहोराको परिवारको सहयोगका लागि नेपाल पत्रकार महासङ्घ युके शाखाद्वारा संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ ।
बुधबार नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय सन्चारग्राम सिनामंगलमा अायाेजित एक कार्यक्रममा शाखाका सल्लाहकार भगिरथ योगीले महासंघका अध्यक्ष डा महेन्द्र विष्टलाई शाखाले संकलन गरेको दुई लाख रूपैयाँ हस्तान्तरण गरे ।
सो अवसरमा अध्यक्ष विष्टले युके शाखाको कार्यको प्रसंशा गर्दै हस्तान्तरण गरिएको सहयोग चाँडै परिवारलाई बुझाउने जानकारी दिए ।
सल्लाहकार योगीले स्वर्गीय बोहोराको परिवारलाई शाखाका तर्फबाट सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै श्रीमती ममता बोहोराको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
कार्यक्रमको सन्चालन कोषाध्यक्ष सूर्यमणि गाैतमले गरेका थिए ।
नेपालको सुदुरपश्चिमलाई कार्यथलो बनाउदै पत्रकारिता गरेका ३८ वर्षीय बोहोराको मिर्गाैलापीडित श्रीमतीको कुरूवा बसेको अवस्थामा मंसिर १० गते निधन भएको थियो ।
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह