नेपाली टिभी यूकेले सेवा विस्तार गर्ने

15697311_1305725912781092_8260093514746593520_n

लन्डन । बेलायतका नेपाली व्यवसायीद्धारा सञ्चालित नेपाली टिभी यूकेले सन् २०१७ मा ग्राहकलाई अझ गुणस्तरिय सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ । गत साता मुनाल तन्दुरी रेष्टुरेन्टमा आयोजित क्रिसमस तथा नयां वर्ष भेटघाट कार्यक्रममा टिभी सञ्चालकले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा सहभागी बोर्ड अफ डाइरेक्टर, कर्मचारी र अन्य अतिथीलाई स्वागत गर्दै टिभीका निर्देशक विजय थापाले आगामी दिनमा दर्शकहरुका लागि थप आकर्षक कार्यक्रम ल्याइने जानकारी दिए । उनले सन् २००५ मा स्थापित टिभीलाई विभिन्न आरोह 
अवरोहमा साथ दिने सबैप्रति आभार समेत व्यक्त गरे ।

कार्यक्रममा निर्देशकहरु कमल भण्डारी र मोहन गुरुङले सेवा विस्तार आफूहरुको प्राथमिकता रहेको बताउंदै टिभी सञ्चालन व्यवसायिक भन्दा पनि समुदायको हितका लागि केन्द्रित भएको बताए ।

एनआरएनए युरोप संयोजक कुल आचार्यले नेपाली टिभी समस्त एनआरएनहरुको सूचनाको श्रोत बनेको उल्लेख गर्दै संघबाट पर्याप्त सहयोग हुने विश्वास दिलाए ।

नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारीले नेपाली टिभीले सूचना प्रवाहसंगै नेपालको पर्यटन प्रवद्र्धनमा समेत उल्लेख्य भूमिका निर्वाह गरेको बताए । विजनेश डेभलप्मेन्ट म्यानेजर सिद्धार्थ शाक्यले अहिले नेपाली टिभी अनलाइनमैत्री बनाइएको जनाउंदै आगामी दिनमा प्रविधि र सामाजिक सञ्जालमा बढि प्राथमिकता दिइने जनाए । नेपाली टिभीकी दीपा थापाले ग्राहकले टिभी सेवा कसरी लिन सक्छन् भन्नेबारे अवगत गराइन् ।

व्यवसायी तथा समाजसेवी ध्रुव केसीले टिभी सञ्चालन चुनौतीपूर्ण रहेको चर्चा गर्दै दशक अघि यसको शुरुवात गर्दा भोग्नुपरेका अनुभव सांटे ।

कार्यक्रममा सञ्चारकर्मी संगीता मरहट्ठाले कुनै बेला नेपाली टिभीसंग आफ्नो पनि सक्रिय संलग्नता रहेको बताउंदै तीता मिठा अनुभव सांटेकी थिइन् । उक्त अवसरमा पत्रकार चिरन शर्माले रियाक्सन कार्यक्रमको परिकल्पनाबारे जानकारी दिंदै साप्ताहिक आफ्नो कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रण गरे ।

कार्यक्रममा पत्रकारहरु दिनेश परियार, एभरेष्ट गौतम, बीरेन्द्र श्रेष्ठ, नवीन पोखरेल लगायत उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री