लन्डन । तमुधिं यूकेले तमुहरुको मौलिक महान पर्व ल्होछार भव्य रुपमा मनाउने तयारी गरेको छ । तमुधिं यूकेको १६ औं ल्होछार रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा आगामी ३१ डिसेम्बर सांझ हुन लागेको हो ।
कार्यक्रम संयोजक एवं नवनिर्वाचित तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङका अनुसार, ल्होछार तयारी सकिएको छ । कार्यक्रमका प्रमुख अतिथी हुनेछन् राजदूत डा. दुर्गाबहादुर सुवेदी । ल्होछारकै लागि नेपालबाट विशेष अतिथीहरु घाकर रिम्पोछे, धरम गुरुहरु समेत आउने कार्यक्रम छ । कार्यक्रममा सुपरहिट नेपाली फिल्म कबड्डी कबड्डी र पुरानो डुंगाका सुप्रसिद्ध युवा तमु डाइरेक्टर रामबाबु तमु लगायत उनको फिल्म युनिट समेत सहभागी हुनेछ ।
कार्यक्रममा नेपालबाट आउने लोकप्रिय कलाकारहरु मिलन अमात्य र मनोज गुरुङ एवं हाल बेलायतमै रहेका मधुसुदन थापा र सम्झना लामिछानेले गायन प्रस्तुत गर्नेछन् । स्थानीय कलाकारहरुको नृत्य एवं सांस्कृतिक प्रस्तुति थप आकर्षण हुनेछ ।
उक्त अवसरमा जिसिएसइ, ए लेभल र विश्वविद्यालय पढाइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई डा. हर्क एवं डा. चन्द्र अवार्ड तथा कम्युनिटी अवार्ड प्रदान गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमको आकर्षण राफल ड्र समेत हुनेछ जसमा प्रथम पुरस्कार एक तोला सुन, दोश्रो पुरस्कार कम्प्युटर र तेश्रो पुरस्कार आइ फोन राखिएको छ । उक्त अवसरमा फ्रेंसी पत्रिका विमोचन समेत हुनेछ । त्यसै सांझ अध्यक्ष ज्ञाम गुरुङसहितको नयां कार्यसमितिले औपचारिक रुपमा नयां नेतृत्व ग्रहण गर्नेछ ।
ल्होछारको अघिल्लो दिन ३० डिसेम्बरमा बीसीसी यूके गुम्बा, अल्डरसटमा धार्मिक पूजा समेत गर्ने तयारी तमुधिं यूकेको छ । आयोजकले कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध गरेका छन् ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु