लन्डन । तमुधिं यूकेले तमुहरुको मौलिक महान पर्व ल्होछार भव्य रुपमा मनाउने तयारी गरेको छ । तमुधिं यूकेको १६ औं ल्होछार रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा आगामी ३१ डिसेम्बर सांझ हुन लागेको हो ।
कार्यक्रम संयोजक एवं नवनिर्वाचित तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङका अनुसार, ल्होछार तयारी सकिएको छ । कार्यक्रमका प्रमुख अतिथी हुनेछन् राजदूत डा. दुर्गाबहादुर सुवेदी । ल्होछारकै लागि नेपालबाट विशेष अतिथीहरु घाकर रिम्पोछे, धरम गुरुहरु समेत आउने कार्यक्रम छ । कार्यक्रममा सुपरहिट नेपाली फिल्म कबड्डी कबड्डी र पुरानो डुंगाका सुप्रसिद्ध युवा तमु डाइरेक्टर रामबाबु तमु लगायत उनको फिल्म युनिट समेत सहभागी हुनेछ ।
कार्यक्रममा नेपालबाट आउने लोकप्रिय कलाकारहरु मिलन अमात्य र मनोज गुरुङ एवं हाल बेलायतमै रहेका मधुसुदन थापा र सम्झना लामिछानेले गायन प्रस्तुत गर्नेछन् । स्थानीय कलाकारहरुको नृत्य एवं सांस्कृतिक प्रस्तुति थप आकर्षण हुनेछ ।
उक्त अवसरमा जिसिएसइ, ए लेभल र विश्वविद्यालय पढाइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई डा. हर्क एवं डा. चन्द्र अवार्ड तथा कम्युनिटी अवार्ड प्रदान गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमको आकर्षण राफल ड्र समेत हुनेछ जसमा प्रथम पुरस्कार एक तोला सुन, दोश्रो पुरस्कार कम्प्युटर र तेश्रो पुरस्कार आइ फोन राखिएको छ । उक्त अवसरमा फ्रेंसी पत्रिका विमोचन समेत हुनेछ । त्यसै सांझ अध्यक्ष ज्ञाम गुरुङसहितको नयां कार्यसमितिले औपचारिक रुपमा नयां नेतृत्व ग्रहण गर्नेछ ।
ल्होछारको अघिल्लो दिन ३० डिसेम्बरमा बीसीसी यूके गुम्बा, अल्डरसटमा धार्मिक पूजा समेत गर्ने तयारी तमुधिं यूकेको छ । आयोजकले कार्यक्रममा सहभागिताका लागि सबैमा अनुरोध गरेका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?