लण्डन । अल्डरसटमा क्रिसमसको दिन बिहानै भएको कार दुर्घटनामा एक पूर्व गोरखा सैनिकको निधन भएको छ ।
आइतबार बिहान करिब ७ बजे ए ३३१ इष्ट बाउण्डमा आफूले चलाइरहेको कार अनियन्त्रित भई भएको दुर्घटनामा आर्मी नम्बर २११५८९२६ डब्ल्युओटु नारानप्रसाद गुरुङको निधन भएको हो ।
दुर्घटनामा घाइते उनकी श्रीमती खुशीमाया गुरुङलाई अहिले सेन्ट जर्ज अस्पताल लण्डनमा उपचार गरिँदैछ । मार्दीखोला समाज युकेका अध्यक्ष हीरामान गुरुङका अनुसार फोक्सो र करङमा चोट लागे पनि श्रीमती गुरुङ अहिले होसमा छिन् ।
अल्डरसटमा बसोबासरत गुरुङ दम्पती कामका लागि सर्रे अस्पताल गइरहेको बखतमा दुर्घटना भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
दुर्घटनास्थल आइपुगेका पारामेडिक्सले गुरुङलाई घटनास्थलमै मृत घोषणा गरेका थिए । घटनास्थल पुगेका गुरुङका छोरा डा. दिनेश गुरुङले पनि बाउलाई बचाउन सकेनन् ।
करिब ६० वर्षीय गुरुङको नेपाल घर ल्वाङघलेल गाविस वडा नम्बर १ खोरामुख कास्की हो । उनी युकेमा छोरा डा. दिनेश, बुहारी दन्तचिकित्सक डा. इला र सासुका साथमा बस्दै आएका थिए ।
समाजसेवामा सक्रिय गुरुङ मार्दीखोला समाज युकेका सक्रिय सदस्य र आजिवन सदस्य पनि थिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा