सांसद पोखरेलसंग रेडिङमा अन्तरक्रिया

15682346_10211826392797163_1426777787_o
लन्डन । प्रवासी नेपाली मञ्च बेलायत अन्तर्गत रेडिङ इलाका कमिटीले नेपाल कम्युनिष्ट पार्टी एमालेका चितवन जिल्ला कमिटी अध्यक्ष, चितवन क्षेत्र नं. ३ का सांसद तथा कानुनवीद कृष्ण भक्त पोखरेलसंग अन्तरक्रिया गरेको छ ।

गत २२ डिसेम्बरका दिन रेडिङमा देशको समसामयिक राजनीति तथा वर्तमान संविधानले गैर आवासीय नेपालीहरुको नागरिकता सम्बन्धमा गरेको व्यवस्थामा केन्द्रित अन्तरक्रिया भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेता पोखरेलले देश 
राजनीतिक रुपमा संक्रमणकालमा रहेपनि आर्थिक विकासको चरणमा रहेको जनाउंदै अनपेक्षित लामो संक्रमणकालिन अवधिका कारण थुप्रै खालका अनिश्चितता भने देखा परेको धारणा राखे । यसअघिका कुनै पनि संविधानले गैर आवासीय नेपालीलाई सम्बोधन नगरेको दावी 
गर्दै उनले अहिलेको संविधानले एनआरएनलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहित स्पष्ट रुपमा परिभाषित गरेको उल्लेख गरे । प्रवासमा रहेर राजनीतिक अधिकार समेत माग गर्नु उचित नहुने बताउंदै उनले भूगोलको राजनीतिक चाहना हुने जो कोहि पनि स्वदेश फर्केर राजनीति गर्न संविधानले कुनै रोकावट नगरेको औल्याए ।

उनले मुख्य पार्टीहरु सार्वभौमिकता र राष्ट्रियता केन्द्रमा राखेर पार्टी तथा सत्ता सञ्चालन गर्ने भन्दा पनि छिमेकीलाई खुशी बनाएर सत्तामा धेरै दिन टिक्न सकिन्छ भन्नेमा केन्द्रित गरेको आक्षेप लगाए । अहिलेको क्षेत्र नं. पांचको विभाजन यही कुराबाट निर्देशित रहेको उनको जिकिर थियो ।

अन्तरक्रिया कार्यक्रमका अतिथि प्रवासी नेपाली मञ्चका अध्यक्ष राम शरण सिम्खडाले हालै सम्पन्न मञ्चको १२ औं स्थापना दिवसमा बेलायतवासी नेपालीहरुको व्यापक उपस्थितिको प्रशंसा गर्दै संसारभर छरिएर रहेका प्रवासी नेपालीले अहिलेको संविधानमा नागरिक अधिकार बिनाको नागरिकता पाउनु दुःखद रहेको बताए । उनले 
सांसद पोखरेलसमक्ष एक पटकको नेपाली सधंैको नेपाली 
हुनुपर्ने बेलायतवासी नेपालीको माग नेपाल सरकारलाई पुरयाइदिन अनुरोध गरे ।

उक्त अवसरमा प्रमुख अतिथि सांसद पोखरेलले कुमार केसी, इन्द्र क्षेत्री, विक्रम श्रेष्ठ, अर्जुन बस्नेत, कृष्ण रेग्मी, सुवास दाहाल, डा. नवीन आचार्य, कीर्ति विलास पन्त, प्रतिमा केसी, नारायण गुरुङ, यादव श्रेष्ठ, डिल्ली घिमिरे, बालकृष्ण दाहाल, महेश आचार्य, नारद भण्डारी, रोशा भण्डारी तथा भीमसेन खड्काले गैर आवासीय नेपालीका लागि वर्तमान संविधानले गरेको ब्यवस्था तथा अन्य समसामयिक 
राजनीतिबारे राखेका जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राम शरण सिम्खडा, प्रचार विभाग प्रमुख कुमार केसी, सल्लाहकार डा. कृष्ण रेग्मी, मञ्चका पूर्व केन्द्रिय सदस्यद्वय डिल्ली घिमिरे तथा प्रतिमा केसी, नेपाली समाजका पूर्व अध्यक्षद्वय अर्जुन बस्नेत तथा कृति विलास पन्त र समाजका पूर्व उपाध्यक्ष डा. नवीन आचार्यको सहभागिता थियो । उक्त कार्यक्रम सञ्चालन रेडिङ इलाका कमिटीका उपाध्यक्ष भीमसेन खड्का र अध्यक्षता कमिटीका अध्यक्ष सुबास दाहालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री