
लन्डन । यतिखेर बेलायत भ्रमणमा रहेका छैटौं बीग आइकन साजन आले क्रिसमस इभमा एक कार्यक्रममा सहभागी भए ।
ग्रीनफोर्डस्थित गोर्खा स्पाइस वल्र्ड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा आलेले नन स्टप दर्जन बढि नेपाली गीत गाएर दर्शक नचाए । क्रिसमस शुभकामना दिंदै फ्लोरमै प्रस्तुत भएका आलेले दर्शकहरुलाई धित मरुन्जेल नचाएका थिए । उनको गायनमा वान्स मोर भन्नेहरु कम थिएनन् । कम बोल्ने तर गायनमा खारिएका आलेलाई सम्मान गर्नेहरुको तांती नै लागेको थियो ।
कार्यक्रममा गायक आले र पोखरास्थित बीग एफएमका अध्यक्ष महेश भण्डारीलाई रेष्टुरेन्टका तर्फबाट सञ्चालक कृष्ण तुलाचनले सम्मान गरेका थिए । गीतकार समेत रहेका तुलाचनले पनि गीत गाए । नेपाली गीत संगीत रुचाउने तुलाचनले रेष्टुरेन्टमा कार्यक्रम गरि कलाकारहरुलाई सम्मान गर्दै आएका छन् । उनले छिट्टै नियमित लोक दोहोरी कार्यक्रम समेत राखिने जनाए ।
शुरुमा रेष्टुरेन्टमै कार्यरत दीपक थापा माइथाने, तुलाचन लगायतले राष्ट्रिय गानबाट कार्यक्रम शुरु गरेका थिए ।
काठमान्डूस्थित दि ब्रिटिश कलेज र युरोपको नेपालीपत्रको सहयोगमा बेलायत आएका आले र भण्डारी ५ जनवरी नेपाल फर्कने कार्यक्रम छ । बेलायत रहंदा आलेले विभिन्न सांगीतिक प्रस्तुति दिने छन् । हालसम्म उनले तीन ठाउंमा गायन प्रस्तुत गरिसके ।
तस्विरः शिव भण्डारी
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]