
लन्डन । यतिखेर बेलायत भ्रमणमा रहेका छैटौं बीग आइकन साजन आले क्रिसमस इभमा एक कार्यक्रममा सहभागी भए ।
ग्रीनफोर्डस्थित गोर्खा स्पाइस वल्र्ड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा आलेले नन स्टप दर्जन बढि नेपाली गीत गाएर दर्शक नचाए । क्रिसमस शुभकामना दिंदै फ्लोरमै प्रस्तुत भएका आलेले दर्शकहरुलाई धित मरुन्जेल नचाएका थिए । उनको गायनमा वान्स मोर भन्नेहरु कम थिएनन् । कम बोल्ने तर गायनमा खारिएका आलेलाई सम्मान गर्नेहरुको तांती नै लागेको थियो ।
कार्यक्रममा गायक आले र पोखरास्थित बीग एफएमका अध्यक्ष महेश भण्डारीलाई रेष्टुरेन्टका तर्फबाट सञ्चालक कृष्ण तुलाचनले सम्मान गरेका थिए । गीतकार समेत रहेका तुलाचनले पनि गीत गाए । नेपाली गीत संगीत रुचाउने तुलाचनले रेष्टुरेन्टमा कार्यक्रम गरि कलाकारहरुलाई सम्मान गर्दै आएका छन् । उनले छिट्टै नियमित लोक दोहोरी कार्यक्रम समेत राखिने जनाए ।
शुरुमा रेष्टुरेन्टमै कार्यरत दीपक थापा माइथाने, तुलाचन लगायतले राष्ट्रिय गानबाट कार्यक्रम शुरु गरेका थिए ।
काठमान्डूस्थित दि ब्रिटिश कलेज र युरोपको नेपालीपत्रको सहयोगमा बेलायत आएका आले र भण्डारी ५ जनवरी नेपाल फर्कने कार्यक्रम छ । बेलायत रहंदा आलेले विभिन्न सांगीतिक प्रस्तुति दिने छन् । हालसम्म उनले तीन ठाउंमा गायन प्रस्तुत गरिसके ।
तस्विरः शिव भण्डारी
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग