काठमाडौँ, १० पुस । नेपाली काँग्रेसले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।
काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आगामी दुई महिनाभित्र स्थानीय निर्वाचन हुनुपर्ने विषयमा छलफल भएको महामन्त्री डा शशाङ्क कोइरालाले जानकारी दिनुभयो ।
निर्वाचन स्थानीय निकायको नयाँ वा पुरानो कुन संरचनामा गर्ने भन्ने बहसमा काँग्रेसले पुरानै संरचना अर्थात् निकायको निर्वाचन गर्दा सजिलो हुने निष्कर्ष निकालेको महामन्त्री डा कोइरालाले बताउनुभयो । काँग्रेसले जसरी भए पनि स्थानीय निर्वाचन गराउनुपर्ने सरकारसँग माग गरेको छ । स्थानीय निर्वाचन घोषणा गर्दा हाल व्यवस्थापिका–संसद् अवरुद्ध गर्दै आएका नेकपा (एमाले) लगायत विपक्षी दलमाथि संसद् खोल्न दबाब पर्ने काँग्रेसको रणनीति छ ।
निर्वाचन मिति घोषणा गर्ने सम्बन्धमा काँग्रेसले एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलसँग छलफल गरी राष्ट्रिय सहमति खोज्ने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । संविधान संशोधन विधेयकमाथि संसद्मा छलफल गर्न दिनुपर्ने पनि उहाँको भनाइ छ । संसद् खोल्ने सम्बन्धमा काँग्रेसले सबै दलसँग छलफल सुरु गर्ने निष्कर्ष निकालेको छ । बैठक सोमबार पनि बस्नेछ ।
सुकुम्बासी आमाहरुको नाममा [कविता]
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर