लन्डन । लन्डन मुख्यालय रहेको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले पाचौं वार्षिकोत्सव मनाएको छ । ए स्टार (पुरानो नाम एक्सेस फाइनान्सियल सर्भिसेस यूके) ले ५ औं वार्षिकोत्सव र क्रिसमस पार्टी एकैसाथ आसफोर्ड केन्ट र लन्डनमा गरेको हो ।
ए स्टारले शुक्रबार सांझ वेम्ली बिनोभा जिभी रेष्टुरेन्टमा गरेको कार्यक्रममा व्यवसायी, समाजका अगुवा, प्रवुद्ध व्यक्तित्व, ग्राहक, शुभचिन्तक लगायतको सहभागिता थियो ।
एसएनपी प्लसको सहकार्यमा आयोजित उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, काउन्सिलर विष्णु गुरुङ, समाजसेवी ध्रुव केसी, सोलिसिटर राजु थापा, इन्जिनियर राजकुमार त्रिपाठी, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपांगीमगर, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सल्लाहकार सुवसिंह गुरुङ, व्यवसायीहरु बीपी खनाल, कमल पौडेल, शिवजी श्रेष्ठ, यादव श्रेष्ठ, ब्यारिष्टर देवेन्द्र श्रेष्ठ, एसएनपी प्लसका समिरनाथ प्याकुरेल लगायत सहभागीले ए स्टारको व्यवसायिक सफलता र क्रिसमस एवं अंग्रेजी नयां वर्षको शुभकामना दिए ।
ए स्टारका मोर्गेज एड्भाइजर रमेश सराङकोटीले सञ्चालन गरेको उक्त कार्यक्रममा ए स्टारका प्रिन्सिपल तथा नेपाली मुलका पहिलो इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले सहभागीप्रति आभार व्यक्त गर्दै क्रिसमस र नयां वर्षको शुभकामना दिए ।
उनले सन् २०१२ देखि सञ्चालित एक्सेस फाइनान्सियल सर्भिसेस यूके केही साता देखि ए स्टारका नामले सञ्चालन भइरहेको अवगत गराए । उनले कम्पनी स्थापनादेखि नै बेलायतवासी नेपालीहरुलाई आवश्यक पर्ने रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट सहित वन स्टप फाइनान्सियल सर्भिस प्रदान गरिरहेको जानकारी दिए ।
स्मरणरहोस्, कम्पनीले नेपाली भाषीलाई लक्षित गरि उल्लेखित सेवाबारे फार्नबोरो, हयारो, रेडिङ, प्लमस्टिड, आसफोर्ड, स्वीन्डन सहित विभिन्न शहरमा निशुल्क परामर्श र जन चेतना कार्यक्रम सञ्चालन गरेको थियो ।
दर्लामीले कम्पनीले सामाजिक उत्तरदायित्व समेत वहन गर्ने प्रतिवद्धता व्यक्त गर्दै बेलायतमा कुनै पनि संघसंस्थाले कम्युनिटी हल खरिद गर्न चाहे निशुल्क मोर्गेज कार्य गरिदिने बताए ।
कम्पनीले यस वर्षमात्र ३० मिलियन पाउण्ड भन्दा बढिको व्यवसायिक आर्थिक कारोवार व्यवस्थापन गरेको जनाइएको छ ।
गत १८ तारिखका दिन ए स्टारले आसफोर्ड केन्टस्थित एभरेष्ट इनमा पनि यस्तै वार्षिकोत्सव तथा क्रिसमस कार्यक्रम आयोजना गरेको थियो । सराङकोटीले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारी, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, दर्लामी, प्याकुरेल लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको अन्त्यमा नाचगान समेत भएको थियो ।
ए स्टारले आसफोर्ड र क्याम्बर्लीमा समेत आफ्नो शाखा विस्तार गरेको छ ।
तस्विरः शिव भण्डारी
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’